मानसिक तनावले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

Spread the love

सामान्यतया तनावग्रस्त अवस्थालाई राम्रो मानिदैन् । तनावग्रस्त मानिस हेर्दा पनि अन्य फ्रेस मानिस जस्तो देखिदैनन् । तर, तनाव पनि २ किसिमका हुन्छन् भनेर कमै मानिसलाई मात्रै थाहा हुन्छ ।  गुड स्ट्रेस र ब्याड स्ट्रेस गरि तनाव २ किसिमका हुन्छन् । 

ब्याड स्ट्रेसले मानिसमा हानी गरे पनि गुड स्ट्रेसले भने मानिसलाई राम्रो काम गर्न उत्प्रेरित गर्छ । गुड स्ट्रेसले मानिसलाई शारीरिक मात्रै नभएर मानसिक रुपमा फाईदा पुराउने विभिन्न अनुसन्धानले देखाएको छ । 

एक अध्ययनले सही प्रकार र मूल्यको तनाव हुन्छ भने व्यक्ति आफैंले तनावलाई नराम्रो हुनबाट रोक्न सफल हुने देखाएको छ । 

गुड स्ट्रेसले मानिसमा हुने केहि फाईदाहरु यसरी बुँदागत गरिएको छ :–

–तनावले मानिसलाई अप्ठेरोको सामना गर्न सिकाउँछ ।

–तनावमा परेमा व्यक्तिले भविष्यमा यस्ता अवस्थालाई धेरै राम्रो गरी सम्हाल्न सक्छ ।

–व्यक्तिलाई आफूलाई तनावमुक्त राख्न सिकाउँछ ।

–मानिसलाई कुन कुराको तनाव लिने कुन कुराको नलिने भन्ने पनि तनावले नै सिकाउँछ ।

–तनावका समयमा चालिने कदमले मानिस डिप्रेसनमा पुग्ने खतरा कम हुन्छ ।

–तनावबाट मुक्त भएपछि मानिसहरुमा आत्मविश्वास बढ्छ । कुनै पनि अवस्थाको सामना गर्न सिक्छ ।

–छोटो समयको तनावले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

source : saptahik


Spread the love