असल पिता बन्नु छ : अबलम्बन गर्नुहोस् यि बानी…

Spread the love

मानिसको सबैभन्दा नजिजको र पहिलो सम्बन्ध आमा–बाबुसँगको हो । सबैभन्दा गहिरो र पहिलो सम्बन्धका रुपमा हामीले पाएको यो सम्बन्धको सम्बन्धिय भूमीका भने कतिपय अवस्थामा सोचेजस्तो बनिरहेको हुँदैन् । विभिन्न सम्वेदनाका कारण बच्चाहरु आमासँग नजिकिन्छन्, बाबुसँग उति साह्रो झ्याम्मिदैनन् । कारण सन्तान र बाबुबीच केहि सम्बन्धमा दुरी बन्न सक्छ । अझ पछिल्लो समय पुस्तान्तरणको खाडल बढ्दो छ । 

आमा र ममता अपरिभाषित छ । आमालाई यसै पनि असल सम्बोधन गरिन्छ । तर, सन्तानको पालन पोषणमा आफ्नो जीवनको अमुल्य समय खर्चेका पिता र बच्चाको सम्बन्धमा किन दुरी कायम हुन्छ त ? एउटा पिताले केहि बानीहरु अबलम्बन गर्न सके असल पिता बन्न सक्छन् । 

मन नपर्ने बानी 

हामीले अबलम्बन गरेका कतिपय बानीहरु हामी आफैंलाई मन परिरहेका हुँदैनन् । अब बच्चामा भएका हरेक बानी हामीलाई मन पर्छ नै भन्ने हुँदैन् । तर, बच्चाका मन नपर्ने बानीसँग रिसाएर उनीहरुलाई पिट्नु हुँदैन् । कतिपय अवस्थामा अभिभावकका केहि बानीहरु बच्चालाई मन नपर्न सक्छ । उनीहरुले मन नपराएका बानी–ब्यवहार पत्ता लगाई कारण खोज्नु पर्छ । कारण खोज्ने बहानामा बच्चालाई जवरजस्ती भने गर्नु हुँदैन् । जवरजस्ती गर्नाले बच्चाहरु दवावमा आउन सकिन्छ ।

समय दिनु

हाम्रो जस्तो नेपाली समाजमा पुरुषहरुले धेरै समय घर बाहिर बिताउँछन् । पुरुषहरुलाई परिवारको भरणपोषणका निम्ती कमाउन बाहिर निस्कनु पर्ने हुन्छ । यसैले पनि धेरैजसो पिताहरुले आफ्ना बच्चालाई समय दिन पाउँदैनन् । आफ्ना पितासँग समय ब्यत्तित गर्न नपाएपछि बच्चाहरु पनि उनीहरुसँग घुलमिल हुन सक्दैनन् । यहिकारण हुर्कदैँ जाँदा बच्चाहरु पनि पितासँग टाढिदै जान्छन् । त्यसैले सम्भव भएसम्म बच्चाहरुलाई समय दिनु पर्छ । हप्तामा कम्सेकम एक दिन आफ्नो छुट्टीको बेला आफ्नो केही समय बच्चाहरु लागि छुट्याउनु पर्छ । उनीहरुलाई घुमाउँने, उनीहरुको माग सम्बोधन गर्ने र खेलाउने गर्नु पर्छ । 

बच्चाको कुरा सुन्ने

हाम्रो बानी हुन्छ ठूला मान्छेका कुरा सानाहरुलाई सुनाउँने । सानाहरुलाई सानो मान्छे भएर ठूलो कुरा गर्ने भन्ने गरिन्छ । तर, उनीहरुका कुरा सुन्नु पर्छ । बच्चालाई आफ्नो मात्रै कुरा सुनाउँदा बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ ।

प्रेमको भाव सिकाउनु

माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नु पर्छ । यसले बच्चाहरु हमेशा खुशी हुन्छन् र बच्चाहरुलाई यो आभाष पनि दिनुपर्छ कि तपाई उसलाई कति माया गर्नुहुन्छ भनेर । यसले बच्चा र पिता बिचको स्नेह पनि बढ्छ ।

source : saptahik


Spread the love