२४ घण्टा ब्याट्री ब्याकअपको कन्भर्टिबल ल्यापटप

Spread the love

एचपीले एकपटक फुल चार्ज गर्दा २४ घण्टासम्म चलाउन मिल्ने ल्यापटप सार्वजनिक गरेको छ । एक किलोग्रामभन्दा कम वजन भएको उक्त कन्भर्टिबल ल्यापटपको नाम ‘एलिट ड्रागनफाई’ राखिएको छ । यसमा अल्ट्रालाइट १३ इन्चको डिस्प्ले छ । त्यसैगरी यसमा आठौं पुस्ताको इन्टेल कोर आईफाइभ र आई सेभेन प्रोसेसर छ ।

यसमा प्राइभेसी, एचडीआर र लो पावर गरी तीन डिस्प्ले अप्सन उपलब्ध छ । त्यसैगरी यसले रिचार्जेबल एक्टिभ पेन जी३ लाई पनि सपोर्ट गर्छ । यसमा विन्डोज १० प्रिइन्स्टल गरिएको छ । उक्त ल्यापटपले फास्ट चार्ज टेक्नोलोजीलाई सपोर्ट गर्छ र केवल ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । 

source : saptahik.com.np


Spread the love