सागमा नेपालले आठ स्वर्ण थप्दै शिर्ष स्थानमा कायमै

Spread the love

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो दिन आठ स्वर्ण थप गरेको छ ।

दोस्रो दिन १५ स्वर्ण जितेको नेपालले तेस्रो दिन आठ स्वर्ण जितेको हो । नेपालका लागि उसुमा दुई स्वर्ण थप भएको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले उसुमा स्वर्ण जितेका हुन् ।

तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महराले स्वर्ण जिेत भने कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण जितेका छन् ।

सन्तोषी श्रेष्ठले एथ्लेटिक्सतर्फ कीर्तिमानी स्वर्ण जितिन् । एथ्लेटिक्सको महिला तर्फ उनले पहिलो स्वर्ण जितेकी हुन् । सन्तोषीले भारतीय खेलाडीलाई जितेकी हुन् । उता, पोखरामा ट्रायथलनको दुवाथलनमा हिमाल टमाटाले स्वर्ण जिते ।


Spread the love