अष्ट्रेलियामा नि’धन भएका सन्तोष गौतमको श’व नेपाल पठाउनका लागी सहयोगको अपि’ल । यसरी गर्नुहोस् सहयोग

Spread the love

सिड्नी/अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिलमा गत शनिवार ह’त्या गरिएका युवा सन्तोष गौतमको श’व नेपाल पठाउनका लागि अस्ट्रेलियामा अर्थ सङ्कलन अभियान सुरु गरिएको छ । एनआरएनए अस्ट्रेलियाले नेतृत्व गरेको सो अर्थ सङ्कलन अभियानमा नेपलिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलिया, रुपन्देही सामाजिक सञ्जाल, ग्रानभिल नेपलिज कम्युनिटी क्लब लगायतका नेपाली सङ्घसंस्थाले सहकार्य गर्नेछन् ।

रुपन्देही जिल्ला घर भएका मृ’तक गौतमका आफन्तजनसँगको कुराकानीपछि श’वलाई नेपाल पठाउन अर्थ सङ्कलन अभियान अगाडि बढाइएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथवेल्स राज्यका संयोजक देव गुरुङले बताए । उनले भने, “प्रवासमा घट्ने हरेक दुःखद घ’टनाहरूमा हाम्रो समुदाय सधैँ एकताबद्ध भएर खुला हृदयले सहयोग गरेको इतिहास रहिआएको छ । तत्कालका लागि श’व नेपाल पठाउनु प्रमुख उद्देश्य रहेकाले सबै समुदायमा सक्दो सहयोग गरिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।”

गुरुङले अगाडि भने, “हाम्रो समुदायमा भएको यो हृदय विदारक घ’टनाले हामी सबैलाई म’र्माहत बनाएको छ । यस्ता घटना भविष्यमा नदोहोरिउन् भन्नेतर्फ हामी सबै सचेत हुँदै एकताबद्ध भएर यी समस्याका जरोलाई पहिचान गरेर सम्बोधन गर्न जरुरी छ ।” करिब १५ हजार अस्ट्रेलियन डलर सङ्कलन गर्ने उद्देश्य राखिएको सो अभियानबाट श’व नेपालमा आफन्तलाई बुझाएपछि बाँकी रहने सबै रकम उनको ७ बर्सिया छोरीको खातामा जम्मा गरिनेछ ।

गत २३ नोभेम्बर शनिवार साँझ ७ः३० बजे ग्रानभिलको ब्याक सेल स्ट्रिटमा घाइते अवस्थामा भेटिएका ३४ वर्षीय सन्तोष गौतमलाई एम्बुलेन्समार्फत सिड्नी स्थित वेस्टमिड अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृ’त घो’षित गरिएको थियो । न्यूसाउथवेल्स प्रहरीले घरेलु हिं’सा प्रकृतिको सो घ’टनामा मृ’तक गौतमकी श्रीमती नुमा गौतम आचार्यलाई प’क्राउ गरेर ह’त्याको अभियोग दर्ता गरेको छ ।

यसअघि नेप्लिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलियाले पनि मृ’तक सन्तोष गौतमको श’व नेपाल पठाउने उद्देश्यका साथ आर्थिक सङ्कलन अभियान सुरु गरिसकेको छ जसमा हालसम्म करिब ५ हजार अस्ट्रेलियन डलर सङ्कलन भइसकेको छ । साथै उक्त संस्थाले आगामी डिसेम्बर १ तारिख आइतबारका दिन सिड्नीको अर्लउडस्थित बिमेन पार्कमा मृ’तक गौतमको सम्झनामा एक श्रद्धा’ञ्जली कार्यक्रम पनि आयोजना गर्दैछ । सहयोगका लागी यहाँ क्लिक गर्नुहोसःhttps://www.gofundme.com/f/tribute-to-late-santosh-gautam

स्रोतः हिमालयन कंगारू


Spread the love