बेनिशाको फिटनेस मन्त्र

Spread the love

souce: saptahik

अभिनेत्री बेनिशा हमालको इन्स्टाग्राम अथवा फेसबुक हेर्ने हो भने उनलाई प्राय: फिटनेस सेन्टरमा देख्न पाइन्छ । हुन पनि पछिल्ला केही महिनायता बेनिशाले फिटनेस सेन्टरमा बढी समय बिताउन थालेकी छिन् । फिटनेस आफ्ना लागि सबैभन्दा महत्वपूर्ण भएको उनले यसअघि नै बताइसकेकी छिन् ।

बेनिशा स्वस्थ रहन बिहान–बेलुका खाना खाए जस्तै फिजिकल तथा मेन्टल हेल्थका लागि एक्सरसाइज अपरिहार्य भएको कुरा बताउँछिन् । त्यसैले उनी अहिले पनि हरेक बिहान डेढदेखि दुई घण्टा जिमखानामै बिताइरहेकी छिन् । बेनिशाले पहिले कार्डियो एक्सरसाइज गरेकी थिइन्, जसले शरीरको बोसो घटाउन सहयोग पुर्‍यायो, तर त्यसले छाला भने लूज बनायो ।

त्यसैले अचेल उनी कार्डियोको साटो वेट लिफ्टिङ गरिरहेकी छिन्, जसले छालालाई कसिलो बनाउन सहयोग पुर्‍याइरहेको छ । यसबाट सहजै अनुमान लगाउन सकिन्छ, बेनिशाको सौन्दर्यको रहस्य जिमखाना पो रहेछ ।  


Spread the love