निधारले बताउँछ तपाइको बानी व्यवहार, कस्तो निधार भएको मानिस कस्तो ?

Spread the love

जेन्सी । मानिसको बानीव्यवहार अनुसार शरिरको बनावट बदल्न थाल्दछ । यही बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ । यदि तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ भने ज्योतिषले तपाईँको भाग्यको बारेमा अनुहार हेरेर बताउँछन् । यहाँसम्म कि कसैको अनुहार हेरेर उसको व्यक्तित्वको बारेमा धेरै कुरा जान्न सकिन्छ । के तपाईँले कहिल्यै अनुमान लगाउनुभएको छ कि कसैको निधार हेरेर उसको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ ? ज्योतिष शास्त्रको अनुसार कसैको निधार हेरेर उसको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।

जान्नुहोस् कस्तो निधार भएको मानिस कस्तो ?

१) सानो निधारः
सानो निधार हुनेहरु धेरै नै भावुक हुन्छन् । उनीहरु सानो–सानो कुरामा पनि नराम्रो मान्ने हुन्छन् । उनीहरुको मुड सधैँ परिवर्तन भइरहने खालको तथा स्थिर नहुने हुन्छन् । भावुक हुने हुँदा यी व्यक्तिहरु प्राय मनको कुरामा ज्यादा ध्यान दिन्छन् । यिनिहरु एक्लै बस्न बढि रुचाउँछन् ।

२) तेर्सो निधार
यस्ता निधार भएकाहरु आफ्नो विचारमा दृढ हुने हुन्छन् । भने यी व्यक्तिहरु प्रेम सम्वन्धको मामिलामा अलि फरक हुन्छन् । छिट्टै प्रेमसम्वन्धमा राजी नहुने यी व्यक्तिहरु आफ्ना सिद्धान्तहरुमा अडिग हुन्छन् । भने कसैलाई पनि छिट्टे आफ्नो बनाउँदैनन् ।

३) ठूलो निधार
सामान्यतया महिलाहरु ठूलो निधार कपालले छोपेर हिँड्ने गर्छन् । उनीहरु ठूलो निधार भएकै कारण लाज मान्छन् तर ठूलो निधार हुनेहरु भाग्यले नै धनि हुन्छन् । साथै उनीहरु बुद्धिमानी हुन्छन् । सँगै निर्णय लिने क्षमतापनि अचम्म लाग्दो हुन्छ । र उनीहरु कुनैपनि काम समयभन्दा पहिलेनै समाप्त गर्ने क्षमताका हुन्छन् ।

४) गोलाकार निधार
गोलाकार निधार हुने मानिसहरु जहाँ जान्छन् सवैलाइै खुशी दिने खालका हुन्छन् । उनीहरुको आफ्नो दिमागले धेरै भन्दा धेरै कठिन कार्यपनि गरेरै छाड्ने खालका हुन्छन् । यिनीहरु जीवनप्रति एकदमै सकारात्मक सोच राख्ने गर्छन् ।

५) एम आकारको निधार
यस्ता निधार भएकाहरु सपनाको दुनियाँमा जिउने गर्छन् । यिनिहरु आफ्नै दुनियाँमा मस्त रहन्छन् । यी मानिसहरु विचारक जस्ता हुन्छन् ।

६) पहाड आकारको निधार
जसको निधारको आकार पहाडजस्तो हुन्छ त्यस्ता व्यक्तिहरु सामाजिक हुन्छन् । सरल स्वभावका साथ साथै कसैको पनि मद्धतको लागि सधैँ तत्पर रहन्छन् ।

७) सर्प आकारको निधार
जसको निधारको आकार सर्पजस्तो हुन्छ ती व्यक्तिहरु ज्यादै जिद्धि स्वाभावका हुन्छन् । कहिले काहिँ यिनीहरुको जिद्धिको कारण समस्यापनि झेल्नुपर्दछ ।


Spread the love