फ्रान्सेली महिला पर्यटकको सकुशल उद्दार

Spread the love

राउन्ड अन्नपूर्ण सर्किट हुँदै मुस्ताङ पदयात्राको क्रममा ५ घण्टासम्म भीरमै अलपत्र एक विदेशी महिलाको मुस्ताङ प्रहरीले शकुसल उद्दार गरेको छ ।  बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ स्थित सिङघोपु भन्ने स्थानमा अलपत्र ३२ वर्षीया फ्रान्सेली महिला मारिने चर्लोत्ते तचातको सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रवक्ता आशीष अधिकारीले जानकारी दिए ।

उद्दार गरिएकी महिला एक साताअघि एक्लै मनाङदेखि थ्रोरङ्लापास हुँदै मुस्ताङको जोमसोम आउने क्रममा थिइन् । उनी भीरमा अलपत्र परेको सूचना दिउँसो ३ बजे प्रहरीलाई जानकारी गराइएको थियो । उनीसँग जीपीएस भएकाले अलपत्रपरेको सूचना फ्रान्सेली दूतावासलाई जानकारी गराएकी थिइन् । यसपछि दूतावासले मुस्ताङ प्रहरीलाई सूचना गरेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

घटनाको खबर पाउने बित्तिकै प्रहरी निरीक्षक अधिकारीसहितको टोलीले दिउँसो ४ बजे भीरबाट उद्दार गरी उनलाई बारिह ल्याएको थियो । उद्दारपछि प्रहरीको बयानमा उनले आफू ५ घण्टासम्म भीरमा अलपत्र परेको सुनाएकी थिइन् ।


Spread the love