प्रधानमन्त्री ज्यु, नेपालको सिमानामा काँडेतार लगाइयोस्, पैसो छैन भने जनता दिन तयार छन्

Spread the love

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा विवादित नेपाली भूभाग कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि नेपालका विभिन्न ठाउँमा बिरोध प्रदर्शन गरिएको छ । यसै क्रममा भारतीय सिमानामा पुगेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरिएको छ । विभिन्न राजनीतिक पार्टीका युवा र विद्यार्थी संगठनहरुको अगुवाइमा नेपाल भारत सीमास्तम्भ ७९३र१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा पुगेर मोदीको पुत्ला दहन गरेका हुन् ।

यसरी नेपालमा नयाँ नक्साको बि रोध भइरहेको बेला भारतले भने यो कुनै नयाँ नक्सा नभएर पुरानै नक्सा सार्वजनिक गरेको बताएको छ । त्यसैगरी यो नक्सामा कुनै हेरफेर नहुने समेत प्रष्ट पारेको छ । यसै बिषयमा दिपा सिम्खडा नामक फेसबुक युजरले प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेकी छन् । उनको पत्रलाई जस्ताको त्यस्तै तल प्रस्तुत गरिएको छ-

माननीय प्रधानमन्त्रीज्यू,

सुस्वास्थ्यको कामना, तपाइँसँग एकोहोरो बात गर्न मन लाग्यो। कम्युनिस्टले जितेमा देशले कोल्टे फेर्छ भन्थे अहिले त सिमाना पनि फेरिन लागेछ नि ! सीमा सुरक्षाको निम्ति खटिएका हाम्रा दाजुभाइ नेपालमा सुतेर बिहान भारतमा ब्यूँझने त छँदै थियो, अब केहि समयमा बिहारबाट सगरमाथा देखियो भनेर सगरमाथा पनि भारतकै हो भन्लान् रे, सिङ्गो नेपाल नै नक्सामा हालेर ’ Great India’ भनेर नक्सा बनाईदेलान् रे, लु ट्न सके लुट गीतलाई ब्यान गर्ने तपाइँहरु आज जमिन लु टिँदा किन मौन ? भारतको नीति चाम्रो भएको बेला तपाईंहरुको नीति राम्रो हुन पर्ने होईन र ? कि जनताको स्वास्थ्यको ख्याल गर्दै कालापानी लैजा भारत हामी ‘सफापानी’ पिउँछौ भन्ने बिचारमा हुनुहुन्छ ?

मलाई PM बनाइ देउ, मन्त्री बनाइ देउ, मेरो छोरालाई डाक्टर पढाइ देउ, नातिलाई CA बनाई देउ भन्दै भारतीय नेता समक्ष भन्न सके जसरी “सिमाना नमिच “ भन्न तपाईहरुले कहिले सिक्ने ? सेनालाई ब्यारेकमा राखेर पुलिसलाई सिमामा खटाउने ? स्वाधीनतालाई कुटनीतिले नभई राजनीतिले कहिलेसम्म चलाउने ? उसको सिमाना बचाउन हामी नै ल ड्नु पर्ने, अनि उस्ले यता हामीलाई हेपेर दादागिरी देखाउँदा चैँ तपाईको कानलाई किन कानाबन्धि लाग्यो? कि भनिदिनुस् हाम्रो आर्मीको काम भनेको सडक बनाउने, शिवरात्रीमा टुंडिखेलमा खेला देखाऊने , राष्ट्रपतिको bag बोक्ने मात्र हो , सिमामा त PUBG को आर्मी खटाउनुस् भनेर..

नेपालको आधिकारिक नक्शा कुन हो ? भारतले मिचेको हो कि तपाईहरुले छोडेको ? यत्ति भन्न चाहान्छु, फलाम तातेकै बेला घन हान्ने हो सरकार , रेल र पानीजहाज बिस्तारै चढौंला बरु नेपालको सिमानामा काँडेतार लगाइयोस्, पैसो छैन भने जनता दिन तयार छन् । यस्ता बिषयहरू बिपक्षमा हुँदा मात्र मुद्दा बन्ने सत्तामा पुगेपछि वास्ता नगर्ने प्रवृति सच्याउनुस्, हामी जनता नाकाबन्दीमा जस्तै जवाफ दिन तयार छाैँ, एक भएर, नझुकेर, हस्त नमस्कार । (साभार- दिपा सिम्खडाको फेसबुकबाट)


Spread the love