गायिका मेलिना राईले गरिन् सबैमा यस्तो अनुरोध ।
![](https://www.meromauka.com/news/wp-content/uploads/2019/11/melina-rai-1024x576.jpg)
काठमाडौं १६ कार्तिक । पछिल्लो समय सामाजिक सञ्जालले हरेक मानिसलाई धेरै कुरामा मद्दत गरिरहेको छ । सामाजिक सञ्जालले कतिपय नकारात्मक क्रियाकलापलाई पनि प्रोत्साहन गरिरहेको पाइन्छ । “सञ्जालको नकारात्मक प्रयोगले धेरै कलाकारलाई पीडा दिएको खबरहरु सुन्दै आइरहेको बेला चर्चित लोकप्रिय गायिका मेलिना राईपनि सामाजिक सञ्जालको नकारात्मक प्रयोगले हैरान बनेकी छिन् ।
गायिका मेलिना राईको नाममा नक्कली फेसबुक पेज बनाएर नकारात्मक गतिविधि गरेकोमा उनले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् । यस्तो छ गायिका राईको स्टाटस् :
“Melina Rai Fansclub भन्न साथ obviously fans ले बनाएको वा अरुले बनाएको ID हुन्छ,,, fake र original त posts update गर्ने तरिकाबाट पनि सोझै थाहा पाउन सकिन्छ ,, र महत्वपूर्ण कुरा त real ID को profile मा already “Blue tick” दिईएको हुन्छ,,, निलो सही लगाईएको बाहेक अरु सबै fake pages हो भन्ने कुरा अझै पनि सबैलाई थाहा नहुन सक्छ…
![](https://sajhasanjal.com/wp-content/uploads/2019/11/45456.jpg)
plz सतर्क रहनु होला किनभने म as an artist आफ्नो काम कर्तब्य बाहेक कसैलाई मानहानी र असर पुग्ने त्यस्तो केही पनि post गर्ने गरेको छैन र सक्दिन पनि fake IDs ले misuse गरेर मेरा innocent fans लाई भड्काउने कामहरु भैराखेका छन् यदि भने plz be alert…If u can plz share this post for me.. yours Melina … thank u …”