अन्डरवाटर फोटो सुटमा आलिया

Spread the love

बलिउडकी क्युट अभिनेत्री आलिया भट्टले गतसाता अन्डर वाटर फोटो सुट गराएकी छिन् । चर्चित फेसन म्यागजिन भोगको नोभेम्बर २०१९ को अंकका लागि आलियाले उक्त फोटो सुट गराएकी हुन् । फोटो सुटका क्रममा आलिया चम्किलो हरियो रंगको विकिनी स्टाइलको पहिरनमा थिइन् ।

पानीभित्रै खिचिएको उक्त तस्बिर अहिले इन्स्टाग्राममा चर्चामा छ । भोगले आफ्नो नोभेम्बरको अंकलाई वुमन अफ द इयर–२०१९ का रूपमा प्रस्तुत गर्दैछ । उक्त अंकमा चार फरक–फरक कभर हुने बताइएको छ । आलिया भट्टबाहेक ती कभरमा क्याटरिना कैफ, रणवीर सिंह तथा अनुश्का शर्मा पनि समेटिएका छन् । 


Spread the love