नेपालको राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्लको नाम घोषणा

Spread the love

नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्लको नाम घोषणा गरेको छ । यो जिम्मेवारी मल्लालाई पारस खड्काले कप्तानबाट राजीनामा दिइएकाले दिइएको हो । यसअघिका कप्तान पारस खड्काले केहीअघि आफूले राजीनामा दिने बताएका थिए । उनले आइतबारमात्र क्यानलाई इमेलमार्फत् राजीनामा पठाएका थिए ।

 क्रिकेट संघका एक पदाधिकारीले फरक धारसँग टेलिफोन कुराकानीमा भने, ‘अहिले तत्कालका लागि ज्ञानेन्द्र मल्ललाई कप्तान बनाएका हौँ । केही पछि अर्को व्यवस्था हुनसक्छ ।’ ती पदाधिकारीले क्यानले पारस खड्कालाई फेरि कप्तानमा फर्किन अनुरोध गरेको पनि बताए । 

ज्ञानेन्द्र मल्ल यसअघि पारस खड्का कप्तान रहँदा उपकप्तानको भूमिका सधैं देखिँदै आएका थिए । पारसले खेल नखेल्दा उनले नै नेपाली टिमलाई कप्तानका रुपमा नेतृत्व गरेका थिए ।

अब ज्ञानेन्द्र मल्ललाई कप्तान बनाएपछि दीपेन्द्र सिंह ऐरीलाई क्यानले उपकप्तानको जिम्मेवारी दिएको छ । यसअघि ज्ञानेन्द्र मल्ल नखेलेका खेलमा ऐरीले नै उपकप्तानको भूमिका निर्वाह गरेका थिए । 

क्यानले यो निर्णयबारे राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई पनि जानकारी दिएको छ । 


Spread the love