अनमोलसँग जस्सीता ?

Spread the love

– साप्ताहिक संवाददाता

निर्माता तथा अभिनेता भुवन केसीले निर्माण गर्ने नयाँ चलचित्रको शीर्षक हो— एन्टी हिरो । उक्त चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने भुवन केसी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

हाल स्क्रिप्ट लेखनको अन्तिम चरणमा रहेको यो चलचित्रका लागि निर्माता केसी लामो समयदेखि अभिनेत्रीको खोजीमा थिए । भुवनको नजरमा एन्टि हिरोको नायिकाको भूमिकाका लागि साम्राज्ञी राज्यलक्ष्मी शाह तथा जस्सीता गुरुङ परेका थिए । भुवनले अन्तिममा आएर जस्सीतालाई उक्त भूमिका लिएको चर्चा चलेको छ । जस्सीताले पनि भुवनको प्रस्ताव स्वीकार गरिसकेकी छिन् ।

सबै कुरामा सहमति भयो भने जस्सीताले आज शुक्रबार नै उक्त चलचित्रका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नेछिन् । यदि यो चलचित्रमा जस्सीता अनुबन्ध भइन् भने अनमोल केसीले हालसम्म कायम राखेको हरेक चलचित्रमा नयाँ अभिनेत्रीसंग मात्र काम गर्ने परम्पराले समेत निरन्तरता पाउनेछ । अनमोल भने यही चलचित्रका लागि ज्यान बनाउन जीमखानामा कडा मेहनत गरिरहेका छन् । 


Spread the love