Spread the love

अस्ट्रेलिया एक प्रकारको दल-दल नै हो, एउटा ल़त हो

अस्ट्रेलिया आएको पनि ९ बर्ष पुगेछ, आजकल आएर यहाँ आएर के पाए, के गुमाए आफै हिसाब गर्दा गर्दा थकित भैसके, उमेरले ३०-३१ वर्ष पुगे, पैसा पनि कमाएको हो, नेपाल पठाएको नै हो, पढाई पनि DIPLOMA र BACHELOR  सके (२०१२-२०१५ तिर नै), तर आफ्नो PADHAI KO SCOPE  अनुसार को काम पाएन, र PR पनि हुन सकेन, आफ्नो जीवनको महत्वपुर्ण ६-७ बर्ष CLEANER भएर बिताए, अनेक तरिका मिलाएर, सानो-तिनो कोर्ष JOIN गरेर र कागजी बिहेको नाटक रचेर  अहिले सम्म यहाँ टिकिरहेकोनै छु।

 नेपालमा छोडेको साथीहरु पनि बिरानो भैसके, सबैको आफ्नो परिवार छ, सानो-तिनो जागिर अथवा व्यापार छ, केहि नभए आफ्नो परिवारको साथ, माया र हौसला छ, यहाँका साथीहरु र संगीहरु चै बोतल खोलेपछि मात्र आफ्नो हुन्छन, कि कुनै स्वार्थ पूर्ति नहुदा हुदा सम्म, अब नेपाल पनि सारै बिरानो लाग्न थालेको छ; नेपालमा गएर पनि अब के गर्ने; यहाँ जानेको काम भनेको KITCHEN मा काम गर्ने अथवा CLEANER भएर TOILET सोहोर्ने नै हो, हद्ध भए DRIVER भएर गाडी चलाउने हो, यो खोस्टो सरि INSTITUTE को DIPLOMA र BACHELOR बेअर्थ को छ (अन्य जमाना मै फिर्ती सवारी भएका साथीहरुको बयान अनुसार); नेपालमा भएका आफन्त, बाउ-आमालाई पनि पैसा नै भए पुग्ने जस्तो लग्यो, २०१८ मा नेपाल फर्कने आट र अठोट गरेको थिए; तर आफ्नो परिवारले नै यहाँ आएर के गर्छस भन्ने खालको कुरा गरे; पछि आफुलाई पनि हो जस्तो लाग्यो। अब त PR पाउने सपना पनि असम्भव जस्तै भयो (र आश पनि छैन); तैपनि मेरो जस्तै बाटो मा हिड्ने भाई-बहिनिहरु धेरै देख्छु; भन्न मन लाग्छ, तर भन्दिन… (अस्ट्रेलिया एक प्रकारको दल-दल नै हो, एउटा ल़त हो) यहाँ छिरे पछि निस्किन गारो हुन्छ, PR नहुदा सम्म फर्किन्न भन्ने सोच हुन्छ, तर १ बर्ष, २ बर्ष हुदै जब समय सकिन्छ, अनि बल्ल REALISE हुन्छ, बिस्तारै कपाल फुल्दै जान्छ र रात दिन को शारीरिक श्रम र BAD POSTURE ले सरिर सिथिल हुदै जान्छ, GYM गरेपछि त ठिक भैहाल्छ नि जस्तो लाग्थ्यो सुरु सुरु मा, तर होइन रैछ, DAILY ८-९ HOURS उस्तै प्रकारको काम गर्दा, भित्र बाट नै सरिर कम्जोर हुदो रैछ, CHRONIC BACK ACHE , NECK ACHE , ले जवानी मै सताउदो रैछ..

कुनै दिन त SUPERANNUATION को हिसाब-किताब गरेर अर्को WEEK  नै नेपाल फर्किन्छु जस्तो लाग्छ, तर फेरि त्यहाँ गएर के गर्ने भन्ने पिर ले सतौछ. अनेक पसिना बगाएर जम्मा गरेको २७ लाख जति (पटक-पटक गरेर) पैसा पठाए दाइ लाई, HARDWARE को सामानको BUSINESS गर्न; ३-४ वर्ष अघि नै, तर आज सम्म १ पैसा नाफा भयो भनेको सुनेको छैन, “सकुन्जेल र मिलुन्जेल त्यही काम गर, यहाँ त BUSINESS डामाडोल छ, नेपालमा केहि गर्न सकिन्न” भन्ने खाले कुरा गर्छ, बा लाई सोध्दा पनि अहिले अलि वर्ष त्येही बस, यहाँ येस्तै हो भन्छन, आमाले बिहेको कुरा गरेको ४-५ वर्ष हुन लागिसक्यो, तर बिहे गरेर अर्काको छोरिलाई फेरि यो अर्थ हिन काम मा अल्झाउन मन छैन, फेरी कानूनी रुपमा पनि म अरु संग नै विवाहित छु, DIVORCE गर्दा अप्ठेरो पर्छ; जम्मा भएको सबै पैसा बटुलेर पनि अहिले को चल्तीको जग्गा भाउ अनुसार पोखरामा घर बनाउन घडेरी पनि न-आउने रैछ; अस्ट्रेलियाले धेरै कुरा सिकायो (धेरै राम्रो, थोरै नराम्रो); 

तर समयको माग र बेलैमा DECISION लिन नसक्दा अस्ट्रेलियाले जवानी रित्त्यायो, मेरो सुझाव भनेको समयलाई चिन्ने गर्नुस; सधै $१=NPR ८१/८२ को हिसाबले हुने वाला केहि छैन, एकदिन ठण्डा दिमागले CALCULATOR लिएर बस्नुहोस; नेपालमा आफुले जम्मा गरेको पैसाले के गर्न सकिन्छ भनेर REALISTIC हिसाव गर्नुहोस; बरु सक्नुहुन्छ भने HIGH SKILLED JOB वाला UNIVERSITY LEVEL पढाई गर्नुहोस (MEDICINE , मेडिकल TECHNOLOGY , PHYSIOTHERAPY , RADIOGRAPHY , LAB TECHNOLOGY , DENTISTRY , AEROSPACE TECHNOLOGY )  र यहाँ REGISTERED हुनुहोस, ताकी यहाँ बसेर होस् वा जुन सुकै देश मा गएर होस्। 

तपाई SELF DEPENDENT हुन सक्नुहुन्छ, म यहाँ आउंदा NURSING DIPLOMA पास गरेपछि काम पाउन सजिलो थियो, BN को त झन् कुरै नगरम, अहिले BN गरेर पनि काम पाउदैन; PR पाउन झन् अझै गार्हो छ, SCOPE धेरै भएको तर थोरै मात्र NEPALI / INDIANS /CHINESE बिद्यार्थीले पढ्ने बिषयको मात्र स्कोप छ, साथै जहिले पनि आफ्नो उमेर र यहाको सधै CHANGE हुने अवस्था प्रति चनाखो हुनुहोस, नत्र कुनै दिन पश्चाताप सिवाय केहि पाउनु हुन्न, 

आज धेरै अघि भन्न मनलागेको कुरा यो PLATFORM मार्फत भने, मन अलि हलुङ्गो भयो।

साभार


Spread the love