मेल्बोर्नको साईप्रस कम्युनिटीमा हलमा एनआरएनएको चुनाब हुँदै, नो मोबाईल नो भोट

Spread the love

एनआरएन अस्ट्रेलीयाको निर्बाचन यहि ६ जुलाई शनिबार हुँदैछ। निर्वाचनमा बिना मोबाईल भोट हाल्न नपाईने नो मोबाईल नो भोटको व्यवस्था लागु गरिएको छ । यो सुचना आगामी कार्यकालको लागि निर्वाचन गराउन गठन गरिएको निर्वाचन समितिले संघका सदस्य, सम्बन्धित संघसंस्था र समग्र समुदायको राय र सुझावका आधारमा  व्यवस्ता गरिएको ईमेल मार्फत सदस्यहरुलाई जनाएको छ।

निर्वाचनमा मोबाईल फोन आनिवार्य गर्दै  एकजनाले एकपल्टमात्र भोट हाल्न सक्ने र कसैले अन्य मतदाताको भोट हाल्न नसकिने निर्वाचन आयोगले जनाएको छ।

मेल्बोर्नमा भने 495 Lygon St Brunswick मा बिहान ८ बजे देखि साँझ ५ बजे सम्म मतदान गर्न सकिने छ साथमा मोबाईल, अस्ट्रेलिएन लाईसेन्स वा पासपोर्ट अनिबार्य रुपमा ल्याउन समेत सुचिकृत गरिएको छ। 

ABOUT THE AUTHOR

इ नेपाल संवाददाता, अस्ट्रेलिया

Spread the love