२०१९ को विश्व सुन्दरीको ताज अफ्रिकी युवतीले जितिन्

Spread the love

विश्व सुन्दरीको ताज अफ्रिकी युवती वर्षीय जोजिबीनी तुन्जीले जितेकी छन् । प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछार्न सफल भइन् ।

महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले उक्त ताज हात पारेकी हुन् ।

समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् ।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनले भनिन्, ‘म यस्तो संसारमा हुर्केँ, जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन ।’

फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

प्रकाशित :मंसिर २३, २०७६ saptahik


Spread the love