१३औँ सागमा नेपालको स्वर्णपदक सङ्ख्या २७ पुग्यो । अग्रता कायमै…

Spread the love

काठमाडौँ, मङ्सिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ । आज साइक्लिङमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक सङ्ख्या २७ पुगेको हो । कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् । उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कांस्य पदक विजेता हुन् ।

उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कांस्य जितेकी थिइन् । त्यसअघि अनुपमाले श्रीलङ्काकी विजेकुन माथि मोहमद माथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् । कराँतेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ । यस्तै साइक्लिङको डाउन हिल तर्फ भएका महिला तथा पुरुष दुवै स्पर्धामा नेपाल विजयी भएको छ । महिलातर्फ निष्मा श्रेष्ठ स्वर्ण र जमुना थापा रजत पदक जित्न सफल भएका छन् ।

पुरुषतर्फ राजेश मगर स्वर्ण र नीरज श्रेष्ठले रजत पदक हात पारे । दुवै खेलाडीले एक मिलिमिटरको दुरी क्रमशः एक मिनेट ४९ सेकेन्ड र एक मिनेट ५० सेकेन्डमा दुरी पारे गरेका छन् । त्यसै गरी उसुको थाउलोतर्फ दीपक अधिकारीले स्वर्ण पदक हात पारेका छन् ।


Spread the love