हैट ! कति खाको किस?

Spread the love

गसिपमा मात्रै रमाउने, बिहे नगर्ने ?

आफूभन्दा लगभग ६ वर्ष कान्छो उमेरकालाई बेहुला बनाउँदैछिन्, प्रियंकाले कार्कीले । तर, कहिले ? समयले बताउला । किनभने, यसअघि उनीहरुले घोषणा गरेको मितिमा लगन जुरेन । प्रियंकाले आयूषमानसँग दोस्रो विवाह गर्न लागेकी हुन् । यसअघि रोचक मैनालीसँग बिहे गरेकी उनले केहि बर्षमै उक्त सम्वन्धलाई विच्छेद गरकी थिइन् ।

पछिल्लो समय गहिरो प्रेम सम्वन्धमा रहेको आयुषमान–प्रियंकाको जोडीले गत बैशाखमा ईंगेजमेन्ट पनि गरिसकेको छ । असारमा बिहे गर्ने घोषणा गरेका थिए । बिहे भएन । किन ? यो प्रश्नको जवाफ उनीहरुसँगै छ होला, तथापी प्रियंकाको तर्क छ, ‘बर्षाका कारण बिहे हुन सकेन ।’ त्यसो त प्रियंका–आयुषमानको बिहे हुन लागेको खबरलाई मजाकमा समेत उडाइयो ।

सकारात्मक होस वा नकारात्मक, प्रियंका गसिपमा रमाउने अभिनेत्री हुन् । निरन्तर फ्लप चलचित्र दिइरहेकी प्रियंकाले बेला–बेला मिडियालाई मसला समेत दिइराखेकी हुन्छिन्, विभिन्न फण्डा रचेर ।

यसअघि एक विशेष कार्यक्रममा समेत यो जोडीले दुनियाँका अगाडी चुम्बन गरेका थिए । त्यसपछि निरन्तर उनले विभिन्न फण्डा गर्दै आएकी छिन् । चलचित्रमा भन्दा प्रेममा वढि ध्यान दिएपछि प्रियंकाको चलचित्र क्षेत्रमा करिअर ओरालो लागिरहेको चर्चा सुरु भएको छ ।

यसपटक उनले अर्को खुराक दिएकी छिन् । हालै आफ्नो इस्टाग्राममा प्रेमी आयूषमानसँग धुलिखेल जीप लाइनमा चढ्दा मज्जाले चुम्बन गरेको तस्विर पोस्टाइन् । चलचित्र क्षेत्रमा पपुलर भैसकेकी अभिनेत्रीले चर्चामा आउनका लागी यस्ता हतकण्डा अपनाउनुपर्ने थियो र ? 


Spread the love