हङ्कङमा एलिसा राईको ठुम्का

Spread the love

हङकङमा ‘साम्पाङ् साँझ २०१९’ सम्पन्न भएको छ । किरात राईहरुको आफ्नै भवन सुप्तुङ् खिममा सयन कक्ष निर्माणार्थ आर्थिक संकलनका लागि साँझको आयोजना गरिएको थियो । कार्यक्रममा आधा दर्जन ख्याती प्राप्त कलाकारहरुले हङकङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए ।

 

आई एम नट अ किङ्, जस्ट जोकिङ भन्दै स्टेजमा प्रवेश गरेका हास्यकलाकार मनोज गजुरेलले देशको समसामयिक अवस्था, क्यारिकेचर, हङकङका नेपालीहरुको दैनिकी लगायतका विषयमा गतिलो ब्यङ्ग्य प्रस्तुत गर्दै पेट मिचिमिची हसाँए । ठमेल बजार बोलको गीतमा ठुम्का लगाउँदै नायीका तथा मोडल एलिसा राईले पनि दर्शकहरुको मन जितिन ।

कार्यक्रमका अर्का आकर्षण लोकदोहोरी गायक कुलेन्द्र विकले आफ्ना चर्चित भाकाहरु प्रस्तुत गर्दा स्टेजमा नाच्न आउँनेको ताती लाग्यो । उनले चर्चित गीतहरु सालको पात, लाउथे माया लगायत प्रस्तुत गरे । आस्था राउतको रकिङ् प्रस्तुतीले दर्शकहरु मज्जाले झुमे । गायक कुशल थलङ् र नव–गायक राकेश किरातीले पनि आफ्नो चर्चित श्रृजनाहरु सुनाउँदा पर्याप्त ताली पाए ।

कलाकार राष्ट्रका गहना हुन् । ‘जातीगत कार्यक्रम भएपनि हामीले प्रस्तुतीकरणमा समावेशिताको अवधारणा प्रस्तुत गरेका छौँ’ कार्यक्रमका संयोजक शशीमदन राईले बताए । दर्शकहरुको उल्लेखय उपस्थितीबाट हङकङेली दर्शकहरुले मनोरञ्जनसँगै सामाजिक काममा सहकार्य गरिदिनु भयो आर्थिक संयोजक धिरज राई भन्छन् यो सम्पुर्ण नेपालीहरुकै लागि गौरवको बिषय हो ।

– अनोज रोक्का ekantiput

असार १८, २०७६


Spread the love