सिंहदरबारमा कांग्रेस, माओवादी र जसपा नेताको बैठक

Spread the love

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा जुटेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा केहीबेरअगाडि बैठक सुरू भएको हो।

छलफलका लागि कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव छन्।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजेसम्म छ। वैकल्पिक सरकार गठनलगायत विषयमा तीन दल छलफलमा जुटेका हुन्।

आजै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठलगायत नेताको उपस्थितिमा बैठक बसेको थियो।


Spread the love