सलमानको कार उपहार

Spread the love

बलिउड अभिनेता सलमान खानले भिलेन किच्चा सुदिपलाई कार उपहार दिएका छन् । भर्खरै रिलिज चलचित्र ‘दबंग ३’का भिलेन किच्चालाई सलमान आफै उनको घरमा पुगेर कार उपहार दिएका हुन् । 

उनलाई ‘बीएमडब्लु एम ५’ उपहार दिएको भारतीय मिडियाले जनाएका छन् । सलमानले घरमै आएर उपहार दिएपछि किच्चाले लेखेका छन्– ‘तपाइसँग जहिले पनि राम्रो नै हुन्छ, जब तपाई राम्रो काम गर्नुहुन्छ । सलमान खानले मलाई यो लाइनमा भरोसा गर्न सिकाएका छन् । उनी मेरो घरमा प्यारो उपहारसहित आएका थिए ।’ 

आफू र आफ्नो परिवारलाई यति धेरै माया दिएको भन्दै किच्चाले सलमानलाई धन्यवाद समेत दिएका छन् । सलमान र किच्चा अभिनीत  ‘दबंग ३’ ले बक्स अफिसमा १५० करोड भन्दा बढीको कलेक्सन गरिसकेको छ ।  


Spread the love