विश्वकप फुटवल छनौट खेलमा नेपालको पहिलो जित

Spread the love

विश्वकप फुटवल छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेविरुद्ध जित हासिल गरेकोे छ । आज भएको विश्वकप छनौटको दोस्रो खेलमा नेपालले जीत हासिल गरेको हो । आजको खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले पराजित गर्यो । 

आजको खेल जितेर समुह चरणमा नेपाल तेस्रो स्थानमा पुगेको छ । यस अघि छनौट खेलको पहिलो खेलमा कुवेतसँग ७–० लज्जास्पद हार बेहोरेको नेपाली टोलीले आज सुधारिएको खेल प्रदर्शन गर्यो ।  

आजको खेलमा अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो । पहिलो रोजाईमा मौका पाएका अन्जनले तेस्रो मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि दोस्रो गोल ६२ औं  मिनेटमा  पुनः अन्जन विष्टले नै गरे ।  

प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको पहिलो खेलमा सुरुवाती ११ मा परेका खेलाडी मध्येबाट तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन एक हुन् । अन्जनले आफुलाई दिएको मौकामा खरो उत्रने प्रयास गरेका छन् । भदौ १९ गते कुवेतसँगको खेलमा चोट लागेका अजित भण्डारीको ठाँउ आजको खेलमा दिनेश राजवंशीले लिए ।

त्यस्तै अर्का डिफेन्डर सुमन अर्यालको ठाँउमा कालिनले रजिन धिमाललाई मौका थिए । त्यस्तै विक्रम लामाको ठाँउमा मिडफिल्डमा अन्जनले मौका पाए । नेपाल, चाइनिज ताइपे रहेको विश्वकप छनोटको समूहमा जोर्डन, अस्ट्रेलिया र कुवेत छन् ।

समूह बीमा रहेको नेपालले पहिलो चरणको बाँकी २ खेल एक महिनापछि खेल्नेछ । नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ ।


Spread the love