भाग्यमानी आयुष्मान

Spread the love

बलिउडमा पछिल्लो समय लगातार हिट चलचित्र दिइरहेका अभिनेता हुन्, आयुष्मान खुराना । उनले काम गरेका अधिकांश चलचित्र सफल छन् । सोहि कारण लामै समयदेखि बलिउड कब्जा गरिरहेका खानहरु तनावमा छन् ।

किनभने, चेलाले चुनौती दिएपछि जसलाई पनि तनाव हुन्छ । आयुष्मान उनै खानहरुका चलचित्र हेरेर हुर्किए । बढे । उनीहरुबाटै चलचित्र सम्वन्धी हरेक कुरा सिके । अहिले उनीहरुलाईनै तनाव दिइरहेका छन् ।

‘विक्की डोनर’बाट बलिउड छिरेका खुराना निकै भाग्यमानी कलाकार हुन् । किनभने भारतीय बक्सअफिसमा उनले अभिनय गरेका बरेली की बर्फी, शुभ मंगल, सावधान, अंधाधुन, बधाई हो, आर्टिकल फिफ्टिन, ड्रीम गर्ल र पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘वाला’ले कमालको चर्चा कमायो । किनभने अधिकांश चलचित्रले एक सय करोड माथिको व्यापार गरे । सानो लगानीमा निर्माण भएका चलचित्रले एक सय करोड बढिको व्यापार गरेपछि धेरै निर्माता तथा निर्देशक समेत आयुष्मानतर्फ तानिएका छन् ।

सफल चलचित्रको संख्या बढेसँगै आयुष्मानलाई विभिन्न ब्राण्डहरुले विज्ञापनका लागी चर्को मुल्य बुझाएर अनुबन्धित गरिरहेका छन् । ‘अंधाधुन’बाट राष्ट्रिय एवार्ड हात पारिसकेका उनले अभिनय गरेको अर्को चलचित्र ‘बधाई हो’ले समेत उत्कृष्ट चलचित्रको एवार्ड हात पारेको थियो । सबै चलचित्रमा आफुलाई फरक–फरक किसिमले ढाल्न सक्ने खुबी भएका आयुष्मान निरन्तर आफ्नो स्टारडम बढाइरहेका छन् ।


Spread the love