भन्सार छलीमा रूपन्देही प्रहरीको कारबाही, पन्ध्र वटा भारतीय गाडी नियन्त्रणमा

Spread the love

भन्सार छलेर फलफूल ओसारिरहेका १५ वटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही प्रहरीले बिहीबार अपराह्न फलफूल ओसार्ने गाडीहरू नियन्त्रणमा लिएको हो।

बुटवल महानगरपालिका-२ जितगढीस्थित पश्चिमबाट पूर्वतर्फ जान लागेका गाडी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

राजश्व छलेको सूचनाको आधारमा प्रहरी टोलीले जितगढीमा गाडी रोकेर चेकजाँच गरेको हो।

ती गाडी, बिल भर्पाई, धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरूलाई आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाइएको केसीले बताए।

ती गाडीहरू अधिकांश उत्तरप्रदेशबाट आएका थिए।

रूपन्देही प्रहरीले केही समयअघि अभियानकै रूपमा खोलानाला दोहनमा संलग्न टिपर नियन्त्रणमा सक्रिय थियो।

अब भन्सार छलीमा कारबाही अभियान थालिएको केसीले बताए।


Spread the love