बालबालिकालाई कोरोनाबाट कसरी बचाउने, संक्रमण भइहालेमा के गर्ने? (भिडिओ)

Spread the love

डा. धर्मागत भट्टराई

कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका पनि पीडित छन्। अघिल्लो वर्षको तुलनामा बालबालिकामा संक्रमणदर तिब्र छ। नेपालमा कोरोनाको पहिलो लहरमा  १० वर्षभन्दा मुनिका २.३ प्रतिशत बच्चालाई कोरोना संक्रमण भएको थियो भने १० देखि २० वर्षका बालबालिमा करीब ८ प्रतिशतको हाराहारीमा संक्रमण भएको थियो। तर अहिले अप्रिलसम्मको तथ्याङ्क हेर्दा  १० प्रतिशतभन्दा बढी बालबालिका कोरोना संक्रमित भइसकेका छन्।

छिमेकी मुलुकमा भारतमा पनि पहिले १० प्रतिशतभन्दा कम बालबालिकामा कोरोना संक्रमण रहे पनि अहिले १५ देखि ३० प्रतिशतसम्म बालबालिमा संक्रमण छ।

संक्रमणदर बढेसँगै यसको सघनदर, अस्पताल भर्ना हुने दर र मृत्युदरसमेत स्वतः वृद्धि हुन्छ।

अहिले बच्चालाई पनि कोरोनाबाट बचाउन अभिभावकलाई जस्तो सावधानी अपनाउनुपर्छ। बच्चामा कोरोना संक्रमणदर बढ्नुका पछाडि भाइरसले रूप परिवर्तन गर्नु नै हो।

यो बदलिएको भारइस शरीरमा छिर्ने र शरीरले देखाउने प्रतिक्रिया फरक भएकाले यसको आक्रमण, संक्रमण, अस्पताल भर्ना र मृत्युदर बढेको हो। त्यसैले बच्चामा यसको जोखिम बढी हुन्छ।

अभिभावकले पनि बच्चामा कोभिडले खासै असर गर्दैन। बच्चाहरूलाई त चाँडै निको भइहाल्छ नि भन्ने सोचाइले पनि गम्भीर स्थिति आउनसक्छ।

अर्कोतर्फ संसारमा कतै पनि बच्चाहरूमा खोप लगाइएको छैन। त्यसले पनि बच्चामा संक्रमणदर बढी हुन्छ।

अभिभावकले  भ्याक्सिन लगाएको भए पनि अब कोरोना लाग्दैन भन्ने भ्रम पाल्नु हुन्न। किनकि, भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने हुन्न। यसले कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमणदर हटाउने होइन। गम्भीर स्थिति पुग्नबाट बचाउने मात्र हो। त्यसैले अभिभावक आफूले खोप लगाए पनि बच्चालाई बचाउन विभिन्न सावधानी अपनाउनु जरूरी छ।

यसै विषयमा सेतोपाटीले बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईसँग भिडिओ कुराकानी गरेको छ। भट्टराई (एम.डी.,डी.एम.) पेडियाट्रीक इम्युनोलोजिस्ट एवं र्‍यूमाटोलोजिस्ट हुन्।) हेर्नुहोस् भिडिओमा।

Source ::::: setopati.com


Spread the love