प्रिमियर लिगमा रेलिगेसनमा परेका तीन टिम
![](https://www.meromauka.com/news/wp-content/uploads/2021/05/fulham1620706696-1024x509.jpg)
Spread the love
सिजनको इंग्लिस प्रिमियर लिगमा रेलिगेसनमा पर्ने तीन टिमको टुंगो लागेको छ।
सोमबार रातिको खेलमा पराजित भएपछि फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम बन्यो।
यसअघि वेस्ट ब्रुम र सेफिल्ड युनाइटेड पनि रेलिगेसनमा परेका थिए।
फुलहमलाई निर्णायक खेलमा वर्नलीले २-० गोलले पराजित गर्यो।
फुलहम रेलिगेशनमा परेसँगै साउथह्याम्टन, ब्राइटन र न्युकासल रेलिगेसनबाट बचेका छन्।
अन्तिम तीन चरणको खेलअघि १८औं स्थानको फुलहमले २७ अंक जोडेको छ।
१९औं स्थानको वेस्ट ब्रुमको २६ अंक छ भने पुछारको सेफिल्डले १७ अंक मात्र जोड्न सकेको छ।
१७औं स्थानको साउथह्याम्टन र १६औं स्थानको ब्राइटनको अन्तिम तीन खेलअघि ३७-३७ अंक भएका कारण फुलहम रेलिगेसनमा परेको हो।
Spread the love