दिदी भाइ टिका आयो तर भाइ आएन भनेर नरुनु है …!

Spread the love

मेरी दिदी तिम्रो घरको आगनीमा पनि सयपत्री र मखमली फूल फुलेका होलानी हैन..| ति फुल हेरेर बिगतका तिहार सम्झेर मन खिन्न बनाएर आँखाका डिलबाट आँशु नाखासाल्नु है..| सबैका घर परदेशबाट दाजु भाइ आउदा तिम्रो आँखा पनि म आउने बाटोमा पुग्ला तर माफ गर दिदी म आउन सकिन | बिन्ति छ दिदी मनमा अनेक कुरा खेलाएर मन कम्जोर पारेर नरुनु..| मेरो पनि मन निकै गरुन्घो भएको छ | साचै भन्नु पर्दा यो तिहारले मलाई रुवाएको छ| तर आँशु कसैलाई देखाउन चाहन्न | 

तिमीलाई याद छ दिदी, भाई टिका लगाउन मैले जिन्स पाइन्ट दिनु पर्छ नत्र टिका नै लाउन्न , यो तिहारमा मलाई चिम्चिमे घडी किनिदिने भए टिका लाउछु नत्र लाउन्न भनेर कति जिद्दी गर्थे , कति अटेर हुन्थे अनि टिका लाउनु अघि मलाई किनिदिएको कोसेली हेरेर बल्ल टिका लाउथें..| कति दुख दिन्थें है दिदी…? तिम्रो कमाई नै नहुदा नि तिमीले मेरो मेरो मन कहिले दुखायिनौ…! अनि तिम्रो टिकाको र कोसेलीको भारा तिर्न आमाले दिएको पैसा नि मैले पुरै तिमीलाई कहिलेनी दियिन, सधै  आधा दिन्थे र आधा लुकाउथे खोड़खोड़े खेल्न र पटका किन्न| तरपनि तिमीले गर्वका साथ् हास्दै  भन्ने गर्थेउ नि कहाबाट पाइस तैले पैसा ? अनि मैले नि झुट बोलेर भन्थें नि .. दशैं मा टिका लगाएर पाएको पैसा हो , तर त्यो पैसा त आमाले दिनुहुन्थ्यो | तिमी कति उत्साहित हुन्थेउ नि सेल रोटी , फिनी, अर्सा रोटि , पेडा , लड्डु अनि अचार इत्यादी बनाउन …|

 दिदी निकै याद आएको छ , तिमीले टाउकोमा तेल लगाइदिएको र कपाल कोरिदिएको  , यी कानमा तेल लगाइदियेर माडीदिएको | यो भाइलाई  ग्रह नलागोस भनेर बाँसका सिन्का मेरो टाउका माथि भाच्दै  ” मेरा भाईका ग्रह भाचिए” भनेको |  घरको दैलामा ओखर फोडेर मलाई खुवाइदियेको  अनि ठुलो चिउरी को टपरीमा झिलिमिली बत्ति बालेर सप्त रंगी टिका र फूल मालाको साथमा स्वादिस्ट विभिन्न  परिकारका मिठाई मेरो अगाडी राखेर यो भाइको दिर्घायुको कामना गर्दै पुजा गरेको निकै झल्को आयो दिदी, म आफुलाई सम्हाल्नै सकेको छैन दिदी .., तिम्रो बिछोडको पिडा यो तिहारमा झल्किएको छ..| 

हो दिदी यो बर्षको तिहारमा नि मेरो निधार खालि हुने भो..! गलानी रितै नै रहने भो ..! धन कमाउन परदेशमा गएको छ भनेर तिमीले चित्त बुझाउनु अनि म पनि धन कमाएर अर्को सालको तिहारमा मेरी प्यारी दिदीको मायालु हातको टिका लाउन जाने हॊ भनेर मन बुझाउछु , मलाई सम्झेर या मेरो फोटो हेरेर रुने काम बिन्ति नगर्नु है मेरी दिदी..?!!!!

 उही तिम्रो दुखि परदेशी भाई माधव


Spread the love