तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली मुलका स्पन्दनले जिते रजत पदक

Spread the love

Australian Taekwondo National Championship 2019 टुर्नामेन्टमा featherweight समुहको प्रतिस्पर्धामा नेपाली मुलका १३ बर्षीय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा उनले प्रतिद्वन्दीलाई सजिलै हराउन सफल भएका थिए ।

मातापिता सुमि श्रेष्ठ, शंकर थापा र एक भाइका साथमा मेल्बोर्नको सेन्ट अल्बान्समा लामो समय देखी बसोबास गर्दै आएका स्पन्दन सानै उमेर देखिनै विभिन्न खेलमा रुची राख्द्थे । आफ्नो करियरमा पढाई सङ्गै तेक्वान्दो खेल रोजेका स्पन्दन भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भइ National Champion Tournament का लागी आफुलाइ दर्हो रूपमा उभ्याउन सफल भएका थिए । 

पढाईमा पनि उत्तिकै अब्बल स्पन्दनले सन २०१६ देखिनै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा बिजय हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । प्रतियोगितामा विभिन्न देशहरूबाट आइ स्थाइ बसोबास गरेका प्रतियोगी मध्ये स्पन्दन एक मात्र नेपाली रहेका उनि सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लब सङ्ग आबद्ध रहेका छन । क्लबका प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगती गर्न सक्नेमा आफु र क्लब ढुक्क रहेको बताएका थिए ।

मेल्बोर्न नेपालीज कम्युनीटि वेस्टका बर्तमान अध्यक्ष तथा  बिभिन्न सामाजिक संस्थामा सकृयता पुर्बक आफ्नो भुमिका निभाउदै आउनु भएका स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठलाई छोराको यो जितले निकै नै गर्ब महशुस भएको बताउनु भएको थियो । यो बाबुको मात्र जित नभई सम्पुर्ण खेल प्रेमी नेपालीहरुको जित भएको बताउदै नेपालको नाम अन्तर्राष्ट्रिय स्थरमा चिनाउन सफल भएकोमा आफुहरु भाग्यमानी रहेको बताउनु भएको थियो । दिनदिनै जसो बधाई पाइरहेका स्पन्दन आफुलाइ अझ बढी हौसला मिलेको र भबिस्यमा तेक्वान्दो खेलमा दत्तचित्त भएर लाग्ने बताएका छन ।


Spread the love