तिहार सकिए लगत्तै मेल्बोर्नमा छठ पर्वको रमझम शुरु

Spread the love

मेल्वर्नको एडवर्ड लेक पार्क रिजर्भवेरमा आगामी दुई र तिन नोभेम्बरका दिन मधेशी कम्यूनिटि इन भिक्टोरीयाले विगत सात वर्षदेखि निरन्तर मनाउँदै आएको छठ पर्व हर्षोल्लासका साथ मनाउँने भएको छ। दुई चरणमा २ नोभेम्बर शनिवार साँझ ४:३० देखी ९:३० बजे सम्म अस्ताउँदो सूर्यलाई पूजा गरेर भोलिपल्ट ३ नोभेम्बर आईतवार बिहान ५ बजे देखि ८ बजे सम्म उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्दै छठ पर्व मनाउने तयारीमा एमसिभी जुटेको छ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा अस्ट्रेलीयाका बहुसाँस्कृतीक मन्त्री रविन स्कट, मेम्बर अफ लेजिस्लेटिभ काउन्सिलबाट ब्रुस अट्किन्सन्, नेपालका तर्फबाट भिक्टोरीयाका लागि अबैतानिक राजदूत चन्द्र योन्जन, SAFCOL कोअडिनेटर मनोज कुमार लगाएत भिक्टोरीयामा रहेका बिभीन्न सँघ सँस्थाका पदाधिकारीहरुको उपस्थिती रहनेछ। 

ईनेपालसँग गरिएको संक्षिप्त कुराकानीमा मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. सुरेन्द्र रौनियारले यसवर्ष छठ पर्वको संयोजक रजनीस शाह रहेको बताउनु भयो । हरेक बर्ष छट पर्वको लोकप्रीयता बढेसँगै छठ पर्व मान्ने र अवलोकन गर्न आउनेको सङ्ख्यापनि बढ्नेमा बिश्वस्त रहेको बताउनु भयो। 

नेपालीहरु स्थाई वा अस्थाई रुपमा बिदेश बस्ने क्रम बढ्दो छ। बिदेशमा जन्मेका वा हुर्किएका दोश्रो पुस्तालाई यस्ता मौलीकता र मान्याता बोकेका चाढ पर्वको बारे थाहा दिनु नितान्त आवस्यक रहेको छ। एक बिशेष  समुदायमा मात्र सिमीत नभएर यस्ता पर्वको महत्व र धार्मिक आस्थाको बारेमा अरु समुदायलाई चिनाउनु पनि यस्ता पर्वले प्रमुख भुमीका खेल्छ।

यमपञ्पकको अन्तिम दिन मंगलबार आफ्नो गाउँटोलमा बनाईएको गोवर्धन पर्वतलाई सूर्य उदाउनुभन्दा पहिले सामुहिक रुपमा भोजपुरी भाषाका पारम्परीक गीत गाएर विधिवत पुजा गर्दै सम्पन्न गरेसँगै छठ शुरु हुन्छ ।छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।

कठिन ब्रतको रुपमा मानिएको छठमा हरेक सामाग्री शुद्ध र चोखो चाहिने भएकाले महिलाहरु मुख्य परिकार ठेकुवा तथा प्रसाद बनाउनको लागि गोवर्धन पूजा सकिन साथ निराहार पवित्र तथा शुद्ध चुल्हो बनाउन पहेलो माटो ल्याउने गर्छन् । चुल्होको माटो तयार गरेपछि चामलको बिशेष परिकार पिठा खाने परम्परा छ ।

पिठासँगै खेतमै गहुँ हुनेले सोहि दिन गहुँ धोई सुकाई चोखो पार्ने गर्दछन् भने आफ्नो खेतमा नहुनले बजारबाट भएपनि गहुँ ल्याउने गर्छन् ।

परिवारका सदस्यलाई बाहिरी दोषबाट जोगाउन पैजाको दियोले गाजल तयार गरी परिवारको सदस्यलाई लगादिने परम्परा छ । फलफुल र बजडि (सानो केराउ) सिन्दुर लगायतका पुजाका सामाग्री चढाएर सामुहिक पूजा सम्पन्न गरी पर्वतको आकृतिमाथि राखीएको माटोको भाडोलाई हलो अथवा काठले फुटाउछन् । सामुहिक पूजा सकिनासाथ महिलाहरु प्रसाद स्वरुप बजडि (केराउ) खाने गर्दछन् ।

छठपूजामा छठी मातालाई चढाउने मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भेली र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, गागल, मुला, अदुवाको बोटलगायतका फलफूल र हरियो तरकारीहरु हुन् ।

प्रसादको रुपमा ग्रहण गरिएको केराउ बिना चपाई खाए भाईको आयु लामो हुने बिश्वास रहेको छ । जसलाई भैया दुज तथा बजडि खुवाउनु पनि भनिन्छ । पुजाको विधि सकिनासाथ महिलाहरु सौभाग्यको कामना गर्दै एक अर्कालाई भोजपुरी संस्कृति अनुसार पिपा सिन्दुर लगाउदै छठ पर्वको शुभकामना दिन्छन् । यसरी सिन्दुर लगाएर छठ गर्ने ब्रतालु महिलाहरु खुल्ला ठाउँमा लस्करै उभेर छठ पर्वको पारम्पिरीक गित गाएर सूर्य देवताको अराधना गर्छन् ।

छठ ब्रतको सुरुवात

महाभारतका अनुसार द्रौपतिसहित पाण्डवहरुले अज्ञात बासमा रहँदा सो गुप्तबास सफलहोस् भनी सूर्यदेवको आराधना गरेको तथा सोही समयदेखि सत्ती अनुसुईयाले पनि पहिलो पटक पर्व मनाएपछि यसको परम्पराको थालनी शुरु भएको कथन सूर्य पुराणमा उल्लेख रहेको छ ।


Spread the love