घरभन्दा ५०० मिटर टाढा भेटियो दीपकको शव

Spread the love

मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला परेको छ। 

सोमबार बिहान सवा ५ बजे बकैया गाउँपालिक वडा नम्बर ३ जलजलेस्थित एक विद्यालय परिसरमा पुरूषको शव फेला परेको हो। 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालका अनुसार मृतक सोही स्थानका अन्दाजी ३५ वर्षीय दीपक वाइबा हुन्। 

उनको शव घरभन्दा ५०० मिटर टाढा रहेको ज्ञान ज्योति प्राथमिक विद्यालयको परिसरमा शव फेला परेको डिएसपी रिमालले बताए। 

‘घटना अहिले शंकास्पद देखिन्न। उनी घोप्टो परेको अवस्थामा फेला परेका हुन्,’ उनले भने।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मकवानपुर लगिएको छ। शव पोष्टमार्टम पछिमात्रै मृत्युको कारण खुल्ने डिएसपी रिमालले बताए। 

यद्यपी प्रारम्भिक अनुसन्धान अनुसार उनी छारे रोगका बिरामी भएको खुलेको उनले बताए। 

‘उनी छारे रोगका बिरामी पनि हुन् भन्ने खुलेको छ। तर त्यसै कारण हो वा नशालु पदार्थ वा विष सेवानले हो। त्यो पोष्टमार्टमले खुल्छ,’ रिमालले भने। 

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


Spread the love