गोठमा आइसोलेसनमा राखिएका कोरोना संक्रमित युवाले झुण्डिएर गरे आत्महत्या

Spread the love

चितवनको माडीमा एकजना को’रोना सं’क्रमित युवाले झु’ण्डिएर आ’त्मह’त्या गरेका छन् ।

माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन् । उनलाई गोठमा आइ’सोलेसनमा राखिएको थियो ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार, यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै को’रोना संक्र’मण पुष्टि भएको थियो । उनलाई झाडा’पखलासमेत लागेको जनाइएको छ ।

घ’टनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित श’वको पोष्टमा’र्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।


Spread the love