गायिका मेलिना राईले गरिन् सबैमा यस्तो अनुरोध ।

Spread the love

काठमाडौं १६ कार्तिक । पछिल्लो समय सामाजिक सञ्जालले हरेक मानिसलाई धेरै कुरामा मद्दत गरिरहेको छ । सामाजिक सञ्जालले कतिपय नकारात्मक क्रियाकलापलाई पनि प्रोत्साहन गरिरहेको पाइन्छ । “सञ्जालको नकारात्मक प्रयोगले धेरै कलाकारलाई पीडा दिएको खबरहरु सुन्दै आइरहेको बेला चर्चित लोकप्रिय गायिका मेलिना राईपनि सामाजिक सञ्जालको नकारात्मक प्रयोगले हैरान बनेकी छिन् ।

गायिका मेलिना राईको नाममा नक्कली फेसबुक पेज बनाएर नकारात्मक गतिविधि गरेकोमा उनले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् । यस्तो छ गायिका राईको स्टाटस् :
“Melina Rai Fansclub भन्न साथ obviously fans ले बनाएको वा अरुले बनाएको ID हुन्छ,,, fake र original त posts update गर्ने तरिकाबाट पनि सोझै थाहा पाउन सकिन्छ ,, र महत्वपूर्ण कुरा त real ID को profile मा already “Blue tick” दिईएको हुन्छ,,, निलो सही लगाईएको बाहेक अरु सबै fake pages हो भन्ने कुरा अझै पनि सबैलाई थाहा नहुन सक्छ…

plz सतर्क रहनु होला किनभने म as an artist आफ्नो काम कर्तब्य बाहेक कसैलाई मानहानी र असर पुग्ने त्यस्तो केही पनि post गर्ने गरेको छैन र सक्दिन पनि fake IDs ले misuse गरेर मेरा innocent fans लाई भड्काउने कामहरु भैराखेका छन् यदि भने plz be alert…If u can plz share this post for me.. yours Melina … thank u …”


Spread the love