खबरदार! व्यापार बन्दैछ अस्ट्रेलीयाको डिपेन्डेन्ट भिसा

Spread the love

सुन्दा अचम्म लाग्ला डिपेन्डेन्ट भिसा अनि व्यापार। हो अचम्म मान्नु पर्दैन डिपेन्डेन्ट भिसाको नाममा मान्छेले मान्छेको व्यापार गर्ने गरेको घटना प्रसस्तै सुन्ने अनि देख्ने गरिएको छ। व्यापार भने पछि तर्सिनु भयो होला कस्तो व्यापार कसरी हुन्छ व्यापार! हो यही सेरो फेरोमा रहेर एउटा लेख लेख्ने कोसीस गर्दैछु ताकि कोही कसैले डिपेन्डेन्ट ल्याउन अगाडी एकचोटी सोच्न अवस्य परोस।

देशको बिकराल परिस्थीती अनि बिदेशको मनगण्न्ते सुन्दर सपना बोकेर कसरी हुन्छ बिदेश होमीनेको सँख्या व्यापक रुपमा बड्दै गएको हामीले आजकाल दैनीक रुपमा प्रयोग गर्ने सवारी साधन अनि शहरमा हिडी रहेका व्यक्तिको आवाजबाट पनि बुझ्न सक्छौ!नेपालीहरु नभेटीएको न ट्रेन हुन्छ न सडक हुन्छ न पव हुन्छ न काम गर्ने ठाउँ। बिदेश आउनु स्वाभलम्बी बन्नु, आफ्नो भविस्य प्रति चिन्तीत हुनु र आफ्नो करियर बनाउनु सकारत्मक कुरोनै हो। आज मैले जोड्न आटेको कुरो करियर र भविस्यबाट अलिक फरक लुटको खेती अनि कोही कसैको जिन्दगीमाथि खेलबाडगर्ने प्रसङ्गसँग सम्बन्धित छ।कथाहरु बास्तबीक हुन् तर कोही कसैको बास्तबिक जिवनसँग मेल खान गएमा संयोगको रुपमा लिनु होला ताकि यसबाट अव आउने व्यक्तिहरुले केही पाठ सिकुन्।

रमिला १२ कक्षा पड्दै थिईन्।उनको अफिएर थियो एक जना जो सँगै कलेजमा पढ्थे। एकदम मिल्ने साथी। बिहे गर्ने सम्म पुगेका थिए।यत्तिकैमा अस्ट्रेलीया आउने मनसाय भयो। घरमा बा आमालाई अस्ट्रेलीया जाने कुरा गरिन तर एक्लै। आफ्नो साथीको बारेमा ढाकछोप गरेर राखिन्। बा आमाले हुन्छ भनेर कागज पत्र बनाईदिए। अन्ततः भिषा आयो। घरमा केही अतोपत्तो नदिई कन केही दिनको फरकमा दुबै अस्ट्रेलिया आए। शुरुवाती दिनहरु राम्रैसँग चलि रहेको थियो। कामको शिल्शिलामा केटा र केटी फरक ठाउँ बस्नु पर्ने भयो। जसो तसो कलेजको ६ महिनाको फि तिरेर आएकी रमिलालाई अर्को सेमेस्टरको फि कसरी जम्मा गर्ने तनाब भई रहेको थियो।

यत्तिकैमा दुवै बिच खटपट हुन थाल्यो। सँगै बस्ने अनि मिलेर काम गरेर पढाई सक्ने र घरमा बुवा आमालाई भनेर बिहे गर्ने जुन सल्लाह भएको थियो। त्यसको ठिक बिपरीत केटासँग सम्पर्क नहुने, म्यासेजको रिप्लाई नआउने लगाएतको कुरा भए पछि अन्तत: पढाईलाई अघाडी बढाउन नसके पछि फर्केर नेपाल गईन्। केटाले के गर्यो,शायद गैरकानुनी भएर बसेको हुन पर्छ वा अरु बैकल्पिक बाटोहरु अप्नायो।तर रमिला जसले सुन्दर सपना बुनेर एउटा परपुरुषसँग घरमा ढाँटेर आईन् आज उसैले घात गरेपछि त्यत्रो पैसा लगानी गरेर आएको सबै डुब्यो र बिचरा घरको न घाटको अवस्थामा फेरी अर्को भविस्य बनाउने दौडमा लागि परेकी छिन्।

राम अस्ट्रेलीया जाने चक्करमा कन्सल्टेन्सीमा धाई रहन्थ्यो। उसलाई अस्ट्रेलीया जानु थियो तर उसँग मनग्य पैसा थिएन। कन्सल्टेन्सीले एउटी केटी छ पैसा हाल्दिन्छीन् डिपेन्डेन्टमा लैजाउ भन्यो। रामलाई ढुङ्गा खोज्दा देउता मिलेको झै भयो। तुरुन्तै भैई हाल्छ नि बोरु छिटो गर्नु पर्यो भन्दै कन्सल्टेन्सीलाई ताकेता गर्न थाल्यो। दुवैलाई को कस्तो छ, बानी बेहोरासँग मत्लब थिएन।मात्र दुबैलाई केबल अस्ट्रेलिया जानु थियो। राम्ररी पनि नबोलेका ति जोडीको लमी बन्ने देखी कागज पत्र बनाउने काम कन्सल्टेन्सीले गर्दियो। केटीले लगभग सबै पैसा हालिन्। यत्तिकैमा केही समय पछि भिसा लाग्यो। दुबै आए तर सँगै बसेनन्।

केटी आउनुको मुख्य कारण उसको ब्वाई फ्रेन्ड यतै रहेछ। एयरपोर्टबाटनै केटी आफ्नो केटो समाएर गई हालिन्। बिचरा केटोको बिचल्ली भयो। अन्त्यमा चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि भने जस्तो जेनतेन एकजना साथीकोमा मिलेर बस्न थाल्यो। क्रमैसँग दिन बिते।कलेजको फि तिर्ने बेलामा केटीलाई सम्पर्क गर्दा अरुनै केटाले फोन उठाउने अनि सोध्दा नेपाल फर्की सकेको जवाफ पाउँ थियो।पछि बुझ्दै जाँदा त्यो केटीलाई अस्ट्रेलीया आउनु मात्र रहेछ।सबै कागजहरु उसको ब्वाई फ्रेन्डले मिलाई सकेको रहेछ।अनि त्यो ब्वाई फ्रेन्डको माध्यमबाट भिसा परिवर्तन गरेर आनन्दसँग बसेकी रहिछ। केटालाई एक्लै कलेजको फि तिर्न फलामको चिउरा चपाए जस्तो भयो।जसोतसो पढाई सकेर अहिले अस्थाई भिसामा बसिरहेको छ।

अर्कि हुन मन्दिरा,नेपालमा नै अफियर चलेको रहेछ एउटा काठमाण्डौको केटासँग। एकअर्कामा राम्रै सम्बन्ध रहेछ।यसको अर्थ एकले अर्कालाई राम्रोसँग चिनेका रहेछन्। दबैको सल्लाहले अस्ट्रेलीया आउने निधो गरेछन्। केटीलेनै सबै पैसा हालिछीन्। केही समय पछि भिसा आयो। केही दिनको फरकमा दुबै जना अस्ट्रेलीया आए तर फरक गन्तव्य।केटी मेल्बोर्न आईन तर केटा सिड्नी।केटा बिधार्थी रहेछ।सँग बस्ने भनेर आएको केटा एक्कासी अर्को ठाउँ गएपछि केटीलाई एकदम तनाब भयो। शुरु शुरुमा सम्पर्क हुँदा खासै खुलेर कुरागर्न चाहेन केटाले।तर समय बित्दै गएपछि कलेजको फि तिर्न पर्यो भनेर फोन गर्ने मानसिक तनाब दिने, भिसा रद्द गर्दिन्छु भनेर अन्नाहकमा तनाब दिने गर्न थाल्यो।शुरु शुरुमा त डरले अलिअलि सहयोग गर्दै गईन्।तर धेरै तनाब दिए पछि उसँगबा अलग्गीएर केटीले नयाँ भिसा दर्खास्त गरिन्। कम्जोरी नभएकोले कसैको डर र धम्कीबाट बिचल्लित नभईकन आफ्नो लक्क्षमा अडिग भई रहिन्। केही समय पछि उसको नि भीसा लाग्यो।अहिले काम गर्दै पढाईलाई पनि निरन्तरता दिदै गएकी छिन्।

यी त भए केही प्रतिनीधि घटनाहरु जसले सुन्दर सपना बोकेर आउनेहरुको जिन्दगीमा तुसारापात लगाई दिएको छ। केही क्षणको रमाईलो र डलरको लोभमा कोही कसैले आफनो जिन्दगीलाई बर्बाद नगरुन्। बोरु नमिठो खाएर आमा बाबाको छत्रछायाँमा आफुले सकेको ईलम गरेर बस्दानै जिन्दगीमा बहारहरु आउँछन् भे किन सपनाको महल जसको जगनै दरो छैन, बिचमा नै भत्किने लगभग पक्का छ भने किन होमीनु बिदेश। ईलम गर्नलाई जहाँ गरेनि उहि हो। पैसाको लोभ र अरुलाई रवाफ देखाउने होड बाजीमा यो अमुल्य जिवनलाई बर्बादको दलदलमा नफसाउँदा नै उत्तम हुन्छ। सबै नयाँ आउने भाई बहिनीहरुलाई चेतना भया।


Spread the love