कोहलपुरमा भारतीय प्रधानमन्त्री ‘मोदी’को पुत्ला जलाइयो ।

Spread the love

नेपाली भुमिलाइ समेत अफ्नोमा पर्ने गरी भारतले जारी गरेको नयाँ राजनितिक नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा देशका विभिन्न ठाउँमा प्रदशन भइरहेको छ । अनेरास्ववियुले कोहलपुरमा प्रदशन गर्दे भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएको छ ।  ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् ।

अनेरास्ववियुका नेता राजेन्द्र विष्ट, मोहित शर्मा, हेमन्त भट्टराईले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरेका थिए ।


Spread the love