कम उमेरमै समाज परिवर्तन गर्ने संसारकै ५ महिलाको सूचिमा परेकी यि नेपाली चेली ‘कञ्चन’

Spread the love

काठमाडौँ। २५ वर्षभन्दा कम उमेर मा नै समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वका ५ महिलाहरूको सूचिमा नेपाली चेली परेकी छिन् । डिस्कभरिले गरेको एक सर्वेक्षणका अनुसार पाकिस्तानकी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाही सँगै नेपालकी चेली कञ्चन अमात्य पनि परेकी थिइन् । यो सूचिमा पर्दा कञ्चन मात्र १९ वर्षकी भएकी थिइन् ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो । फाउन्डेसनको १० औ बार्षिक उत्सवको अवसरमा अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा आयोजित एक कार्यक्रबीच अमात्य सम्मानित भएकी हुन्।उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोरी चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी कञ्चन अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन्। जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् । उनले राष्ट्रपति भवनमा व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् ।यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्। भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् । उनलाई २०१७ एभ्रीडे योङ्ग हिरो अवार्डद्वारा पुरस्कृत गरिएको थियो । कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा चर्चित छिन्।


Spread the love