कन्सर्टको लागी कोरिया जाँदै मेचु धिमाल र अन्जु राना मगर…

Spread the love

काठमाडौँ १७ मङ्सिर / अहिलेको लोकप्रिय रियालिटी सो द भोइस अफ नेपाल सिजन २ का गायिका द्वय मेचु धिमाल र अन्जु राना मगर सलनालमा कोरिया जाने भएका छन्। ओखलढुङ्गा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त लाइभ कन्सर्ट सलनालको दोस्रो दिन जनवरी २५ मा हुँदैछ। सन् २०१५ मा स्थापित ओखलढुङ्गा सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

कोरियामा रहेका नेपाली सङ्घ संस्थाहरू, नेपाली गीतसङ्गीत प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।

source : sajha sanjal


Spread the love