आइसीयू र एचडीयू बेड कुर्दाकुर्दै बुटवलमा १२ घण्टाभित्र ६ जनाको मृत्यु

Spread the love

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका ५ जनाको आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको छ। एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा ५ जना पुरूष र एकजना महिला छन्। जसमध्ये तिलोत्तमा ६ रूपन्देहीकी ७० वर्षिय महिलाको बुधबार बिहान ७:५२ मा मृत्यु भएको हो ।

त्यस्तै तिलोत्तमा १ का ५७ वर्षिय पुरूषको बिहान ५ बजेर ५२ मिनेटमा, पाल्पाको तानसेन १४ का ३८ वर्षिय पुरूषको मंगलबार राति ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षिय पुरूषको मंगलबार साँझ ६ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो।

त्यसैगरी बुटवल ११ का ५२ वर्षिय पुरूषको मंगलबार साँझ साढे ५ बजे तथा बुटवल ६ का ४४ वर्षिय पुरुषको पनि साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. गौतमका अनुसार मृतक सबैमा उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएको थियो। बुधबार थप भएका मृतकसँगै रूपन्देहीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ सय ९९ पुगेको छ।

अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालको ३६ वटा एचडियू, १६ वटा आईसियू, फिभर क्लिनिकमा ७ र कोभिड ईमर्जेन्सीमा ३८ वटा बेडमा कोरोना संक्रमीत उपचाररत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

इमर्जेन्सीमा थप २२ जना उपचारको लागि बेडको पर्खाईमा रहेको डा. खनालले जानकारी दिए ।


Spread the love