अब छोरा छोरी अस्ट्रेलीया छन् भनेर गर्दन पसार्ने बेला गए

Spread the love

source: enepal.com.au

अब छोरा छोरी अस्ट्रेलीया छन् भनेर गर्दन पसार्ने बेला गए। पछिल्लो समय अस्ट्रेलीया आएका धेरै बिधार्थीहरुलाई अस्ट्रलीया खाउँ भने दिन भरिको शिकार नखाउँ भने कान्छा बाको अनुहार जस्तै भएको छ। फुत्त झोली झ्याम्टा बोकेर फर्किउँ यतिका वर्षको लगानी, पसीना, मेहिनेत नजाउँ न टेक्ने लौरी छ न समाउने हाँगो नै। 

पछिल्ला बर्षहरुमा पढ्ने भन्दा पनि कमाउने ध्यानमा नेपालीहरु बढि अस्ट्रेलीया छिरेका छन् । खासगरी कलेज पढ्न पठाइदिने बहानामा नेपालीहरुले नेपालीलाई नै ठग्ने गरेको बुझीएको छ। कलेजबारे यथार्थ जानकारी नहुँदा, झुटो कुरा भन्दा धेरै पढ्न भनेर आएका नेपाली विद्यार्थीले दुःख पाएका छन् । पढ्ने उद्देश्यले नै जान चाहनुभएको हो भने सिधै विश्वविद्यालय जानसके राम्रो। अन्यथा कलेज वा सेमिनारमा छिरेर बस्दा धेरै दुःख पाइने र सपनाहरु चकनाचुर हुने देखीएको छ ।

“नेपालबाट युके, युरोप, अमेरीका, अस्ट्रेलीया र क्यानडा नेपाली कन्सल्टेन्सीबाट पढ्ने बहानामा विदेशीएका हजारौं विद्यार्थी गुणस्तरहिन वा सी ग्रेडका कलेजमा भर्ना पाएर छिर्छन् अनि छिरिसकेपछि हरिबिजोक हुन्छ। यो यथार्थ हो, पढ्नै आउनु भएको हो भने सोझै युनिभर्सीटीमा आउनुहोस् कलेज वा सेमीनारका नाममा छिरेर हात उठाउन नआउनोस्, जवानी खेर जाला । बिदेशीएकै नेपालीमा पनि करिब ३ प्रतीशतले मात्रै तपाईलाई सहि गाईडलाईन बताईदेलान त्यो तीन प्रतिशत भेटनै तपाईलाई युगौं लाग्छ, धेरैले धेरै झुटको खेती गर्दारान बिकशीत भनिएका देशमा, सतर्क तपाई स्वयम बन्नै पर्छ, नत्र पैसा, जवानी, योग्यता, स्फुर्ती सबै लीलामीमा पार्नुहोला, यसर्थ उच्च अध्यायनमा विदेशीनु पहिल्यै निकै सोच्नोस् ।

हाम्रो सोच पनि छिर्न पाए त के के नै गर्छु भन्ने हुन्छ तर केही गरिदैन यदि सहि गाईडलाईन पाईएन भने। भलै दुई चार कमाईएला। तर त्यो दुई चार लाखको दौरानमा आफ्नै भविस्य कता लगिदै छ मेसो हुँदैन्। खातामा पैसो देखेर आनन्द त लाग्ला तर त्यो पैसो कहाँ कति खेर सकिन्छ पत्तै पाईदैन्। प्राय आउनेले यतैको पिआर लिने सोच बनाएरै आएका हुन्छन् तर बार्ह सकेर बसेकालाई कसरी पिआर पाईन्छ भन्दा नि कसरी छिर्न पाईने हो भन्ने ध्याउन्न हुन्छ। छिरे पछि काम गर्छ। पैसो कमाउन थाल्छ। पढाई भनेको यस्तै त हो नि ब्रो भने जस्तै हुन्छ। घरमा पनि यसो खर्च पठाई दिए मख्ख पर्नु स्वभाबिकै हो। 

नेपालीले जानेको भनेकै नेपाली स्वयमलाई ठग्न हो यस्ता ठग स्वदेश तथा बिदेशमा छ्यापछ्याप्ती छन् ।” सोचेर आउनु होस्। कसैको प्रलोभनमा परेर कथापी नआउनु होस्।


Spread the love