२१ युवती अन्तिम प्रतिस्पर्धामा

Spread the love

धरान र पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौं संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन्  ।

अनलाइन फर्म, धरान, इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखि ग्रुमिङ क्लास, फोटोग्राफी  र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको  रुपमा छनोट गरिएको हो  ।

प्रतियोगिहरुलाई इपिएस, व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । 

नेपाल आईस मिस पुर्वान्चल २०१९ को अन्तिम  प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९  को उपाधिसँगै  दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको  छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा सम्पन्न हुने छ । 

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमश: एक लाख नगद  र पचास  हजार नगद पुरस्कार सँगै छात्रवृत्ति प्राप्त गर्ने छन् भने मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन, मिस बेस्टवाक  लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीले पन्ध्र  हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । 


Spread the love