हिमानी शा’ह र उनका छो’रा हृदेयन्द्र मिडियामा , भए यत्ति ठुलो जनता’ले राखे ठुलो आश (भिडियो)

Spread the love

काठमाडौ । पूर्व युव’राज पारश शाह र पूर्व युव’राज्ञी हिमानी शाह’का छो’रा हृद’यन्द्र प्राय जसो सार्व’जनिक कार्य’क्रममा हजूर’बुवा ज्ञानेन्द्र शाह र आमा हिमानी’का साथमा देखि’न्छन् । भर्खर १७ वर्ष लागेका उनी शनि’बार एक सामा’जिक कार्य’क्रम’मा आमा’सँग देखिए ।

पूर्व युवराज्ञी हिमानी शाह र चर्चित नायिका मनिषा कोइराला एकसाथ सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कोइराला हिमानीसँग देखिँदा धेरैलाई अचम्म लागेको छ । शनिबार विहान हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी हिमानीले प्राथमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी हुन् ।

काठमाडौको सिद्धेश्वर माध्यमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको उक्त कार्यक्रममा हिमानी र मनिषाले एकसाथ स्टेज सेयर गरे । गरिबीका कारण बालबालिका पढ्नबाट बन्चित नहुन भन्ने उद्धेश्यले हिमानी ट्रष्टले आज एक कार्यक्रमकाबीच बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो । ट्रष्टले ग्रामीण दुरदराजमा रहेका बालबालिकालाई बिद्यालयजाने बातावरण बनाउन बिभिन्न सहयोगसमेत गर्दे आएको छ । ट्रष्टले शिक्षा, स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

बलिउड नायिका मनिषा कोइराला पनि कार्यक्रममा उपस्थित थिईन् । लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

त्यस्तै हिमानी कोष तथा लायन्स कल्ब अफ काठमाडौँले शनिबार तीनकुनेमा आयोजना गरेको रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा देखिएका हृदयन्द्रको मूहार हसिलो र चम्किलो देखिन्थ्यो ।

कार्यक्रममा हृदयन्द्रले रक्तदान गर्ने इच्छा व्यक्त गरेका थिए तर चिकित्सकले उमेर नपुगेको सल्लाह दिएपछि उनले रक्तदान गरेनन् । हृदयन्द्र हाल कंलकीस्थित लिंकन कलेजमा कक्षा १२ मा पढिरहेका छन् ।


Spread the love