स्टेजमा आदित्य सँग डान्स गर्दागर्दै ढलिन् नेहा कक्कर (भिडियो सहित)

Spread the love

Source: sajhasanjhal

कार्तिक २४, भारत । सोनी टेलिभिजनबाट प्रसारण हुने भारतिय चर्चित रियालिटि गायन सो इन्डियन आइडलका जज रहेकी नेहा कक्कर स्टेजमै ढलेकी छिन् । केही न केही विषका कारण चर्चामा छाइरहने नेहा कक्कर डान्स गर्दा गर्दै इन्डियन आइडलको स्टेजमै ढलेकी हुन् । उक्त रियालिटी शोमा नेहाले ‘दिल बर’ गीतमा यस कार्यक्रमको होस्ट आदित्य नारायणलाई डान्समा च्यालेन्ज गरेपछि नेहाको डान्स गर्दा गर्दै ब्यालेन्स बिग्रेर ढल्न पुग्छिन् र पछि आदित्यले माफै माग्दै नेहालाई उठाउँछन् ।

सोनी टिभिले आफ्नो आधिकारिक सामाजिक सञ्जालका अकाउन्टमा शो को एक भिडियो शेयर गरेपछी उक्त कुरा बाहिर आएको हो । भिडियो हेर्न यहाँ किल्क गर्नुहोस् ।यो पनी हेर्नुहोसः यी हुन् नेपाली फिल्मी क्षेत्रमा दर्शकले सर्वाधिक रुचाएका जोडीहरू, वेस्ट जोडी कुन?
२४ कार्तिक २०७६, काठमाडौँ । पछिल्लो समय नेपाल सिने क्षेत्रमा नयाँ कलाकारहरूको आगमन हुने क्रम निकै बढ्दो रहेको छ । कतिले सुरुवातीको पहिलो चलचित्र बाटै सफलता पाएर चर्चाको शिखरमा पुगेका छन् भने कतिले एकपछि अर्को चलचित्रमा काम गर्ने मौका समेत पाएका छैनन् । यस्तै सँगै काम गरेका केही नायक-नायिकाहरूको त दर्शकहरूले जोडी समेत बनाइदिने गरेका छन् ।

हुन त कलाकारलाई उचाइमा पुर्‍याउने भनेकै दर्शक हुन् । दर्शक बिना कलाकारको अस्तित्व नै छैन । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा यस्ता केही जोडीहरू छन् । जसलाई दर्शकले निकै नै रुचाएका छन् । अझ भन्नुपर्दा उनीहरू रियल जोडी भएको हेर्न चाहेका छन् भने यस्ता केही जोडी पनि छन् जो रिल र रियल जोडी पनि हुन् ।

निश्चल बस्नेत र स्वस्तिमा खड्कानिश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी नेपाली चलचित्र जगतमा निकै नै लोकप्रिय मानिने जोडी हुन् । यी दुई रियल जोडी हुन् । करिब ४ बर्ष अगाडी यी दुईको विवाह भएको थियो । निश्चल र स्वस्तिमालाई आदर्श जोडी समेत भनिने गरिएको छ ।

बर्षा राउत र सन्जोग कोइरालाबर्षा राउत र सन्जोग कोइराला पनि दर्शकले सर्वाधिक रुचाएका जोडी हुन् । लामो समयको प्रेम सम्बन्ध पछि यी दुईले गतबर्ष फागुनमा विवाह गरेका थिए । यो जोडीको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशीप्रियंका र आयुष्मान रिल मात्र नभएर रियल कपल पनि हुन् । यी दुईले एकसाथ थुप्रै म्यूजिक भिडियो र केही चलचित्रमा काम गरिसकेका छन् । दर्शकले यी दुईको जोडीलाई असाध्यै रुचाउने गरेका छन् ।

प्रदिप खड्का र जसिता गुरुङचलचित्र लिलिबिली मा एकसाथ काम गरेपछि प्रदिप र जसिताको जोडीलाई दर्शकले रुचाउन थालेका हुन् । यी दुई रियल कपल भने होइनन् । दुवैले एकअर्काबिच प्रेमीको सम्बन्ध नभएर राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । तर दर्शक भने यी दुई रियल जोडी भएको हेर्न चाहन्छन् ।

पूजा शर्मा र आकाश श्रेष्ठपछिल्लो समयमा दर्शकको अत्याधिक माया पाउन सफल कलाकार हुन् पूजा शर्मा र आकाश श्रेष्ठ । यी दुईले रामकहानी मा एकसाथ गरेका थिए । त्यहि समयदेखि नै पूजा र आकाशको जोडीलाई दर्शकले खुब रुचाउन थालेका हुन् । यी दुई पनि प्रेमी प्रेमिका नभएर मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

पल शाह र आँचल शर्मा
पल र आँचल नेपाली सिनेवृतमा आँप जोडीको रुपमा परिचित छन् । यी दुईले थुप्रै म्यूजिक भिडियो र चलचित्रमा एकसाथ काम गरिसकेका छन् । पल र आँचलको जोडी दर्शकमाझ निकै नै लोकप्रिय छ । तर आँचलले डा.उदिप श्रेष्ठसँग आफ्नो प्रेम रहेको खुलासा गरिसकेकी छिन् । त्यसैकारण पल र आँचल रिलमा मात्र जोडी हुन् ।


Spread the love