सुमीको हैरानी

Spread the love

– साप्ताहिक संवाददाता

मोडलिङबाट चलचित्रमा आएकी नयाँ अनुहार हुन् सुमी मोक्तान । मिस तामाङको उपाधि विजेता मोक्तान चलचित्र सरौतोमार्फत रजतपटमा पदार्पण गर्दैछिन् । एक्सनप्रधान उक्त चलचित्रमा सुमी केन्द्रीय भूमिकामा छिन् । चलचित्रको सार्वजनिक ट्रेलरबाटै सुमीले चलचित्रमा कतिसम्म डरलाग्दा स्टन्टहरू दिएकी छिन् भन्ने अनुमान गर्न सकिन्छ । सबै कुरा पूर्व निर्धारित रूपमा अघि बढेको भए सुमीको पहिलो चलचित्र आज शुक्रबार प्रदर्शनमा आउनुपर्ने थियो ।

यद्यपि गतसाता निश्चल बस्नेतको घामड शेरे प्रदर्शन हुने भएपछि सरौतोले आफ्नो प्रदर्शन मिति एक सातापछि सार्दै कात्तिक २९ को मिति तोकेको थियो । उक्त मितिमा समेत सौगात मल्लको चलचित्र ‘माछा माछा’ प्रदर्शन हुने भएपछि हरि हुमागाईंद्वारा निर्देशित सरौता अझै दुई सातापछि धकेलिएर मंसिर १३ मा पुगेको छ ।

उक्त मितिमा समेत अभिनेता सुशील श्रेष्ठको ‘लभ डायरिज’ प्रदर्शन हुने हल्ला चलेपछि अभिनेत्री मोक्तानको प्रतिक्षाको समय लम्बिँदै गएको हो । तिहार अघिसम्म निकै उत्साहित देखिएकी सुमी आफ्नो पहिलो चलचित्रको प्रदर्शन मिति एकपछि अर्को साता सरेपछि चिन्तित देखिन थालेकी छिन् ।

‘दु:ख गरेर काम गरेको चलचित्र प्रदर्शन गर्ने बेलामा कत्तिको हैरानी खेप्नुपर्ने रहेछ भन्ने कुरा बल्ल बुझ्दैछु, सुमीले आफ्नो हैरानी व्यक्त गर्दै पटक–पटक प्रदर्शन मिति परिवर्तन हुँदा दर्शकहरूमा यो चलचित्रप्रतिको चासो घट्ने पो हो कि भन्ने डर समेत उत्तिकै रहेको बताएकी छिन् । 


Spread the love