सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री

Spread the love

सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा निर्वाचित भएकी छिन् । फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ मरिन यसअघि यातायात तथा सञ्चारमन्त्री थिइन् । ३४ वर्षीया मरिन पाँचवटा पार्टीको संयुक्त गठबन्धनबाट प्रधानमन्त्रीमा मनोनित भएकी हुन् । 

गत अप्रिलमा निर्वाचनमा फिनल्याण्डको सबैभन्दा ठूलो पार्टीका रुपमा सोसियल डेमोक्रेटिक पार्टी उदाएको थियो । उक्त पार्टिबाट उनले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् ।

हामीले जनताको विश्वास जित्नका लागि अझ धेरै काम गर्न बाँकी छ, उनले निर्वाचन भएसँगै भनिन्, ‘मैले कहिल्यै पनि मेरो उमेर र लैङ्गिकताका बारेमा सोचिनँ । म राजनीतिमा आउनुको मुख्य कारण भनेकै जनताहरुको मप्रतिको विश्वास हो । जसको कारणले नै हामीले चुनाव जित्यौं ।’

फिनल्याण्डको बहुचर्चित पत्रिका ‘हेल सिङ्गिन् सनोम्याट र इल्टा सनोम्याटका अनुसार मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीको रुपमा निर्वाचित भएसँगै उनलाई संसारभरबाट बधाइको ओइरो आइरहेको छ ।

प्रकाशित :मंसिर २३, २०७६ saptahik


Spread the love