सबिन राई,ब्रिजेश र बियोण्डका गीतमा मस्त झुमे दर्शक, छसय प्लस दर्शकको उपस्थिती

Spread the love

नेप्ले ईभेन्ट्स मेल्बोर्नको सिग्नेचर ईभेन्ट सङगीत हाम्रो साथीको चौथो सँस्करण गएको सोमबार करिब छसय पचास दर्शकको उपस्थितीमा सफतापुर्ण सम्पन्न भएको छ। मेल्बोर्नको क्राउन लेभल थ्री कलबमा भएको कार्यक्रममा नेपालको चर्चीत गायक सबीन राई आबद्द ब्याड सबिन राई एण्ड पारोह र पछिल्लो समयका चर्चीत गायक द्वय ब्रिजेश श्रेष्ठ र बियोण्डले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरेका थिए। 

स्थानिय कलाकारहरु वाक्य सिङ, सरकार अनि बविन राईलाका गीतबाट शुरुवात भएको शो कार्यक्रममा दर्शकहरुले भर्पुर मनोरन्जन लिएका थिए।

अर्का गायक एबम् र्यापर चिराग सिङ खड्का एके पाँच पच्पन्न आफ्नो स्वास्थ्यको कारण सो कार्यक्रममा आउन नसके पछि उनका फ्यानले असन्तोष जनाएका थिए। उनले आफु अस्वस्थ रहको आफ्नो फेशबुकबाट जनाएका थिए।

नेप्ले ईभेन्ट्सले आउँदो २३ डिसेम्बर सोमबार बहुप्रतिक्षित अनि चर्चीत व्याण्ड नेपथ्य लाईभ आयोजना गर्दैछ। क्राउनको पाल्म भेन्युमा हुने सो कार्यक्रमको टिकट अहिले धमाधम बिक्री भईरहेको छ।टिकटको लागि तलको लिङ्कमा गएर आफ्नो टिकट सुरक्षित राख्नु होला।


Spread the love