सचिन तेन्दुलकरले प्रधानमन्त्री ओलीसँग गरे भेट

Spread the love

काठमाडौं  मंसिर १,। भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकर नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री के पी शर्मा ओली संग भेट गरेका छन् ! प्रधानमन्त्री के पी शर्मा ओली लाइ भेट्न को लागि सचिन तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए !युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति (शुक्रबार) नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


Spread the love