लज्जास्पद पराजयपछि साझाका प्रवक्ता आचार्यले मतदातालाई आफ्नै रगत पिएर मजा लिएको आरोप लगाए

Spread the love

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जनतालाई आफ्नै रगत पिएर मजा लिएको आरोप लगाएका छन् । उपनिर्वाचनको मतपरिणाम आफ्नो पक्षमा नआएपछि आइतवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रवक्ता आचार्यले जनतालाई उँटसँग तुलना गर्दै आफ्नै रगत पिएर प्यास मेट्ने जनावरका रूपमा चित्रित गरेका हुन् ।

‘यो सन्दर्भ कुनै पुस्तकमा पढेको हो, तर कुन पुस्तक भन्ने सम्झना भएन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘उँटले मरूभूमिमा हुने काँडे सिउँडीको डाँठ चपाउँछ, चपाउँदै गर्दा काँडाले घोचेर मुख आफ्नै रगतले भरिन्छ । त्यै रगत पिएर तिर्खा मेट्छ । मजा लिन्छ । उपनिर्वाचन परिणामको मजा !’

साझा पार्टीले चुनावमा अपेक्षित मत प्राप्त गर्न सकेको छैन । कास्की लगायत अधिकांश ठाउँमा साझा जमानत जफत हुने स्थितिमा पुगेको छ ।

यो सन्दर्भ कुनै पुस्तकमा पढेको हो, तर कुन पुस्तक भन्ने संझना भएन।

‘उँटले मरूभूमीमा हुने काँडे सिउँडिको डाँठ चपाउँछ। चपाउँदै गर्दा काँडाले घोचेर मुख आफ्नै रगतले भरिन्छ। त्यै रगत पिएर तिर्खा मेट्छ। मजा लिन्छ’।

# उपनिर्वाचन परिणामको मजा !


Spread the love