रवि ओडको अर्को नयाँगीत ‘पिलाएर नशा’ सार्वजनिक (भिडियो)

Spread the love

काठमाण्डौ । नेपाल आइडल सिजन २ का बिजेता रवि ओडको नयाँ गीत ‘ पिलाएर नशा’ बोलको गित युट्युब मार्फत सार्वजनिक गरिएको छ । रवि ओड नेपाल आइडल बनिसकेपछी एक पछी अर्को हिट गितहरूमा आफ्नो स्वर दिएका छन् । रविले गाएको यस गित गायक अर्जुन पौडेलले लेखेका हुन् । साथै गितमा उनकै सँगित रहेको छ ।अर्जुन पौडेलको केही समय पहिले सार्वजनिक भएको ‘बबाल’ बोलको गितले पनी छोटो समयमा चर्चा कमाइरहेको छ ।

भिडियोमा चर्चित नायिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका हुन । भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ । भिडियो हेर्नुहोस्

यो पनीः ‘पासपोर्ट’ बन्यो, अब अघोरी बाबा उड्छ अस्ट्रेलिया
राजन घिमिरे / समय : विहान ११ बजे । स्थान : परराष्ट्र मन्त्रालयको राहदानी विभाग, नारायणहिटी दरबार । विदेश गई धन कमाउने सपना साँचेर पासपोर्ट बनाउने युवा–युवतीहरूको बाक्लै भिड थियो । त्यही भिडमा पूरै कालो पहिरनमा परिपक्व उमेरका एक दाह्रीवाल पनि प्रशन्न मुद्रामा उभिएका देखिए । दाह्रीवाल अरु कोही नभई यतिबेला सामाजिक सन्जाल तताउन सफल भाइरल अघोर बाबाको नामले चिनिने यज्ञ केसी थिए । लामो तिलचामले दाह्री, अझ लामो कपाल, कालो पहिरन, अनि उनको हातमा देखिन्थ्यो पासपोर्ट (राहदानी) ।

This image has an empty alt attribute; its file name is baba.jpg

त्यो क्षण उनको लागि साँच्चै अत्यन्त सुखद रहेको प्रतीत हुन्थ्यो उनको चेहराको भाव नियाल्दा । त्यसैले होला निकै उत्साहित हुँदै अघोरी बाबा भन्दै थिए– ‘प्रवासमा रहनुभएका मेरा भक्तजन र प्रशंसकहरू समक्ष पुग्ने मेरो सपना अब पूरा हुने भएको छ । आजै मेरो पासपोर्ट बनेको छ । पासपोर्ट बनाइदिने बाबा एजुकेशन कन्सल्टेन्सी परिवारलाई साधुवाद छ !’

अघोर बाबाले आफूलाई पहिलोपटक बाबा एजुकेशनले एक विशेष कार्यक्रममा सरिक गराउन अष्ट्रेलिया लैजान लागेको पनि खुलासा गरे ।कति यहाँ मात्र बसेर दुनियाँलाई अन्तर्वार्ता दिँदै लाइफ ड्यामेज गरिरहने ? कुरा बोल्छु एउटा अनि शीर्षक राखिदिन्छने अर्कै, मेरो त लाइफ नै ड्यामेज गर्ने भए ! अब मुड पनि फ्रेस गर्नुपऱ्यो नि !’– यसो भन्दै आफ्नै विशेष शैलीमा हाँसे अघोर बाबा ।

अघोर अर्थात् यज्ञ भाइरल भैरहँदा ‘बाबाको नागरिकता प्रमाणपत्र नै छैन’ भन्ने जस्ता हल्ला पनि चलेको थियो । आफ्नोबारे यस्तो चर्चा चलेपछि खिन्न भएका बाबाको यस्तो छ गुनासो– ‘मेरै अन्तर्वार्ता लिएर थुप्रै यूट्यूवरहरूले लाखौँ कमाए तर पछि मेरै लाइफ ड्यामेज हुने हल्ला चलाए, तिनीहरूको कहिल्यै भलो हुँदैन । जय शम्भो !’ बाबाको प्रतिप्रश्न छ– ‘नागरिकता नभई पासपोर्ट बन्छ ? तिनीहरूले थाहा पाए नि अब त ! पासपोर्ट समेत बन्यो, अब अघोरी बाबा उड्छ अष्ट्रेलिया !!’ -स्रोत : घटना र बिचार


Spread the love