मुन्नी र बलेको प्रेम देखि विवाह सम्मको कुरा (भिडियो सहित)

Spread the love

काठमाडौँ । सागर लम्साल ‘बले’ र प्रियाना आचार्य ‘मुन्नी’को अभिनयमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीत ‘कालो कोठी’ केही समय पहिले बजारमा आएको हो । गीतलाई गीतकार तथा सङ्गीतकार प्रेम पाण्डेले लेखेका हुन् । गीतमा सङ्गीत प्रेम पाण्डेकै रहेको छ । भिडियोको अभिनयमा हाँस्यटेलिसिरयलका २ चर्चित कलाकारहरू सागर लम्साल र प्रियाना आचार्य अभिनय रहेको छ ।

राजीव समरको कोरियोग्राफीमा अर्जुन तिवारीले खिचेको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियोलाई गायक टेकेन दाहालले आफ्नै नामको अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएको हो । बले र मुन्नी गत हप्ताबाट सुरु भएको हास्य टेलिसिरियल “सक्किगोनी”को चर्चित कलाकार हुन् ।को हून मुन्नी?
मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनले यसअघि भद्रगोल नाम टेलिसिरियलमा सँगै काम गरेका थिए। उनको वास्तविक नाम प्रियाना आचार्य हो । सक्कीगोनी मा उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् ।युट्युवमा अपलोड गरिएको सक्कीगोनीको पहिलो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । हेर्नुहोस् गीतको भिडियो :

मनोरंजन


Spread the love