मःम बारेका यस्ता ५ रोचक तथ्य- तपाईंलाई अचम्मलाग्न सक्छ…

Spread the love

काठमाडौं– एक भनाई नै छ– रेष्टुरेण्टमा गएरखाजा अर्डर गर्न जति मेनु हेरेपनि नेपालीले अन्तिममा मःम नै माग्छन् । यो कुरा हुन पनी हो । शहरमा मःम को माग एकदमै धेरै रहेको छ । गाउँघर तिर पनी पछिल्लो समय विभिन्न कटेजहरूमा मःम को स्वाद लिन सकिन्छ । अहिले बजारमा बफ, चिकेन, मटन, भेज, पनीर लगायतका धेरै स्वादमा पाइने मःम पाइन्छ । यी मःमको परिकार फरक–फरक हुन्छन् । आज हामीले मःम बारे केही प्रसङ्ग उल्लेख गरेका छौँ ।

  • –अहिलेसम्मको अध्ययन अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिक्ने मःम भनेको बफ मःम हो । त्यसपछि चिकेन मःम बिक्छ ।
  • –एक अध्ययनअनुसार, काठमाडौँ उपत्यकामा मात्र दैनिक डेढ करोड रुपैयाँको मःम बिक्री हुन्छ ।
  • –मःम पारखीको माग पनि अनेकौं देखिएका छन् । अध्ययनअनुसार, अहिले काठमाडौं उपत्यकामा बनाना मःमको माग एकदमै बढ्दै गएको छ ।
  • –अध्ययनअनुसार, काठमाडौँमा मःम मात्रै बेचेर करोडपति हुनेको संख्या ६० जनाको हाराहारीमा छ ।
  • –सबैलाई थाहा नहुने तथ्य के छ भने मःम बनाउन प्रयोग गरिने किमामा मासु जति नै मस्यौरा राखिएको हुन्छ ।

Spread the love