बेलायतको लेस्टरमा दसैंको टीकाकै दिन शुभेच्छाको हत्या

Spread the love

दसैंको टीकाकै दिन गत मंगलबार बेलायतमा एक नेपाली युवतीको हत्या भएको छ । बेलायतको लेष्टर शहरमा बस्दै आएकी ३२ वर्षीया शुभेच्छा बुढाथोकीको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ ।

मंगलबार बिहान उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ८ बजेको समयमा छुरा प्रहारको सुचना पाएलगत्तै प्रहरीको टोली पुग्दा बुराथोकीको ज्यान गइसकेको थियो । तर त्यतिञ्जेल आक्रमणकारी भागिसकेको थियो ।

पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै ठाउँमा छुरा प्रहार भएको देखाएको छ । लेष्टर प्रहरीले हिजो बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुढाथोकी रहेको र उनी नेपाली रहेको पुष्टि गरेको छ । मृतकबारे अरु जानकारी अहिलेसम्म उपलब्ध छैन ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बुराथोकीको हत्या कसले र किन ग¥यो भनेर अझै स्पष्ट हुन नसकेको बताएको छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । यो केसको अनुसन्धान बेलायतको इष्ट मिडल्यान्ड स्पेसल अपरेसन युनिटका इन्स्पेक्टर मार्क सिन्स्कीको नेतृत्वमा भइरहेको प्रहरीले जनाएको छ ।


Spread the love